Logo

समाजवादी पार्टीले संविधान दिवसका दिन दिपावली र कालो दिवस दुबै बहिस्कार गर्ने



Spread the love

३० भदौ, काठमाडौं । सत्तासिन समाजवादी पार्टीले नयाँ संविधान जारी भएको दिन असाेज ३ गते दिपावली पनि नगर्ने र कालाे दिवसका रूपमा पनि नमनाउने निर्णय गरेकाे छ ।

संविधान त्रुटीपूर्ण रहेको भन्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अध्यक्ष समेत रहेको समाजवादी पार्टीले दिपावली नगर्ने निर्णय गरेको हाे ।

समाजवादी पार्टी नेपालका प्रचार विभाग प्रमुख प्रशान्त सिंहका अनुसार, ३ असोजमा सात वटै प्रदेशमा संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयमा अन्तरक्रिया गर्ने निर्णय भएको छ ।

३ असोजलाई भब्य रुपमा मनाउने तयारीमा रहेकाे सरकारले नागरिकलाई पनि तीन दिनसम्म घरघरमा दिपावली गर्न अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्