Logo

कार्यालय तोडफोडको अभियोगमा वडाध्यक्ष पक्राउ



Spread the love

३१ भदौ, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ का वडाध्यक्षसहित ३ जना गाउँपालिकाकाे कार्यालय तोडफोडको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा १ का अध्यक्ष वीरेन्द्र गुरुङ, वडा-३ का सदस्य गणेश आचार्य र तरुण दलका नेता विपुल क्षेत्री रहेका छन् ।

 

माछापुच्छ्रे गाउँपालिकामा तोडफोड गरेको भन्ने किटानी जाहेरीको आधारमा उनिहरूलाइ मंगलबार विहान ९ बजे पोखराको जिरो किलोमिटरबाट पक्राउ गरीएकाे वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

प्रहरी निरीक्षक थापाका अनुसार, किटानी जाहेरीमा खुसीरामसहित कांग्रेसका तर्फबाट वडानम्बर ८ का अध्यक्षका प्रत्यासी राम गुरुङ, वडा नम्बर २ का वीरेन्द्र गुरुङ, तरुण दलका क्षेत्रीय सहसचिव राजाराम गुरुङसहित ४५ जना थिए । तीमध्ये ३ जनालाई पक्राउ गरिएको छ।

गाउँपालिकाको कार्यप्रगति र सेवाप्रवाहका विविध विषयमा १२ गते सूचना माग्न गएको कांग्रेसका नेताकार्यकतासहितकाे टोलीले मागेको सूचना नदिएर बजेट किताब र वेबसाइड हेर्न भनेपछि र थप सूचना माग्दा पनि बेवास्था गरेपछि कांग्रेसका अध्यक्षका प्रत्यासी खुसीराम गुरुङकाे नेतृत्वको टोलीले सूचना दिन आलटाल गरिएको भन्दै तोडफोड गरिएको उल्लेख गर्दै ४ जनाको किटानीसहित ४५ जनाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

पटक पटक कुराएर पनि सूचना नदिएको तरुण तलका क्षेत्रीय सहसचिव राजारामले बताएका छन् । तर गाउँपालिकाले भने १२ गते सूचना माग्न पुगेका उनिहरूलाइ २४ गते सूचना उपलब्ध गराएको दाबी गरेको छ ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ ५० दिनका लागि चीन भ्रमणमा छन् । कार्यवाहक अध्यक्षको जिम्मेवारी कृष्णकुमारी दवाडीले सम्हालेकी छन् । कार्यावाहक अध्यक्ष दवाडी, प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा र सूचना अधिकारी हरिलाल आचार्यसँगै छलफल चलिरहेका बेला कार्यालयमा तोडफोड भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्