Logo

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी !



Spread the love

३० भदाै, बाजुरा । अज्ञात समूहले बिहिबार हिजाे राती बाजुराको जगन्नाथ गाउँपालिका वडा नं तीन मोहतीमा रहेको वडा कार्यालयमा आगजनी गरेका छन् । राति करिब साढे ११ बजे तिर आगजनी गरिएकाे हाे ।

                                                                   सांकेतिक तस्बिर

जगन्नाथ गाउँपालिका वडा नं तीनका अध्यक्ष डम्वरबहादुर शाहीका अनुसार, धुव्रबहादुर शाहीको घरमा भाडामा रहेको सो वडा कार्यालयका झ्याल ढोका फोडेर कागजपत्रहरु बाहिर निकालेर जलाएको अवस्थामा भेटिएका छन् ।

गाउँमा मेला लागेकाले सबै घरका सदश्यहरु मेला हेर्न गएको मौका छोपी आगजनी गरेको बताइएको छ । आगजनी पछि कागजपत्रहरु जलेका छनभने कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामान समेत जलेर नष्ट भएका छन् ।

हाल अस्थाई प्रहरी पोष्ट जुड्डीबाट घटना स्थलतर्फ प्रहरी पठाइएको गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताए । टेलिफोन सेवा समेत सो स्थानमा उपलब्ध नहुदा सुरक्षा नकाय र अन्य ठाउँमा समयमै खवर गर्न नसकिएको वडाध्यक्ष डम्वरबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्