Logo

बर्षौ विदेशमा दु:ख गरेर घर आउँदा न सम्पत्ति न श्रीमती



Spread the love

साँगुरीगढी गाउँपालिका १ का भीम लिम्बूले आफू विदेशबाट आएलगत्तै लाखौं नगरद र गहनासहित श्रीमती बेपत्ता भएकाले खोजी गरिपाउँ भन्दै प्रहरीमा निवेदन दिएका छन् भन्ने खबर आजकोकान्तिपुरमा छापिएको छ ।

विदेशमा दुख गरेर कमाएको पैसा र गहना बोकेर एकम सातापहिले हराएकी श्रीमती अहिलेसम्म फेला परेकी छैनन् ।

श्रीमती युनिशा लिम्बू अढाई बर्षीय छोरा र पाँच लाखसहित बेपत्ता रहेको उजुरीमा उल्लेख छ ।

-त्यस्तै धनकुटा ५ की ४४ बर्षीया विन्दु श्रेष्ठ छोरी अस्मितासहित गत साता वेपत्ता भएको प्रहरीमा उजुरी परेको छ ।
पति टुकबहादुरले विदेशबाट पठाएको पाँच लाख नगदसहित उनी वेपत्ता भएकी हुन् ।

-यसैगरी, धनकुटा २ का डम्बर बहादुर राईको पनि पीडा उस्तै छ । विदेशबाट पठाएको पाँच लाख नगर र दुई तोला सुनसहित पत्नी बेवत्ता भएपछि उनले पनि प्रहरीमा खोजी गरिदिन निवेदन दिएका छन् ।

माथिका घटना उदाहरण मात्र हुन् । यस्त प्रकृतिको दर्जनौं उजुरी जिल्ला प्रहरी कार्यालयमा दैनिकजसो पर्ने गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्