Logo

दूधसँग खानै नहुने यी चिजहरू !



Spread the love

हुन त दूध पिउनु हाम्रो शरीरको लागि एकदमै फाइदाजनक साबित हुन्छ l जसले हड्डी मजबुत बनाउनका साथ साथै शरीरमा निखारता ल्याउन पनि निकै सहयोग पुर्‍याउँदछ l तर दूध शरीरको लागी फाइदाजनक हुन्छ भन्दैमा यससँग केही यस्ता खानेकुरा खानु हुँदैन l जसले शरीरमा समस्या नै तुलाउदछ l त्यसैले आउनुहोस् चर्चा गरौँ दूधसँग खाने नमिल्ने चिजहरू बारे l

दही :
दुधबाट बनेकै परिकार हो दही l तर दही दुधबाट बनेता पनि यी दुई खाने कुरा एकैसाथ सेवन गर्नु भने उचित हुँदैन । दूध र दहीसँगै खाँदा एसिडिटी, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने समस्या देखिने गर्छ। त्यसैले दूध र दहीसँगै खानु राम्रो हुँदैन।

माछामासु :
यदि तपाईँ दूध पिए लगत्तै माछामासु खानु हुन्छ भने यसले स्वास्थ्यमा हानी पुर्‍याउने गर्छ l त्यसैले यी दुई चिजहरू सँगसँगै खाने बानी त्याग्नुहोस् l

प्याज :
हामीले प्याज खाएपछि दूध पिउनु भनेको आफ्नै शरीरसँग खेलवाड गर्नु हो l किनकि प्याज खाए पश्चात् दूध पिउनाले शरीरमा चिलाउने दाद वा अन्य प्रकारका समस्याहरू आउन सक्छ l

अमिलो फलफुल :
अधिकांश मानिसहरूको बानी हुन्छ कि, दूध पिए पश्चात् केही फलफुल खाने l तर दूध पिएपछि फलफुल खाने बानी छ भन्दैमा अमिलो फलफुल सुन्तला, कागती लगायत खानु हुँदैन l जसलाई एकसाथ खादा पाचन प्रणालीमा असर पर्छ।

मुला र जामुन :
यदि तपाईँ मुला र जामुनको सेवन गरिसकेपछि पनि दूध पिउनु हुन्छ भने यसले तपाइको शरीरमा असर तुलाउदछ l जसले छाला सम्बन्धी विभिन्न किसिमका रोगहरू देखा पर्ने गर्छ l

नुन :
झुक्किएर दुधमा नुन वा नुनिला चिजहरू मिसाएर सेवन गर्नु हुँदैन । जसले गर्दा स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने कार्य गर्छ l त्यसैले बिर्सिएर पनि नपिउनुहोस दूधसँग नुनिलो चिजहरू l

प्रतिक्रिया दिनुहोस्