Logo

झुक्किएर पनि घरमा आउन नदिनुहोस् यी चिजहरू !



Spread the love

हिन्दु धर्म मान्नेहरूले वास्तु शास्त्रमा लेखिए अनुसार नै कार्यहरू गर्ने गर्छन् l जसले गर्दा हिन्दु धर्मवालीहरूको फलिफाप पनि हुने गर्दछ l तर पनि कहिले काहीँ कुराहरू थाहा हुँदा हुँदै पनि सो कुरालाई बेवास्ता गरिरहेका हुन्छन् l जसकारण घरमा अशान्ति फैल्नका साथ साथै नोक्सानी पनि बढ्दै जाने गर्छ l वास्तु शास्त्र अनुसार आफ्नो घरमा आउन दिनु हुँदैन l यस्ता चिजहरूको जसको प्रवेश घरमा हुँदा समस्या उत्पन्न हुने वा हानी नोक्सानी हुने गर्दछ l आखिर कस्ता चिजहरूको प्रवेश हुनु हुँदैन त घरमा? आउनुहोस् चर्चा गरौँ उक्त विषयबारे l

चमेरो :
यदि तपाइको घरमा चमेरो आउँदछ भने त्यसलाई बेवास्ता नगर्नुहोस् l किनकि आफ्नो आफ्नो घरमा चमेरोको प्रवेश हुनु भनेको अशुभ हुनु हो । वास्तु शास्त्रअनुसार घरमा चमेरो आउनुको सङ्केत घरको मान्छे घर छोडेर जानु हो l

माकुरोको जालो :
के तपाइको घरमा माकुरोले जाल लगाएको छ ? यदि छ भने त्यसलाई तुरुन्त उक्त स्थानबाट हटाई हाल्नुहोस् l किनकि घरमा माकुरोले जाल बनाउनु भनेको कुनै समस्या वा उल्झनमा निम्तिनु हो l

परेवाको प्वाँख :
वास्तु शास्त्र अनुसार घरमा परेवाको प्वाँख हुनु भनेको अशुभ हुनु हो । जसका कारण घरमा विभिन्न किसिमको समस्याहरू उत्पन्न हुने गर्छ । त्यसैले घरमा कहिल्यै पनि परेवाको प्वाँख हुनुहुँदैन ।

मौरी वा अरिगांलको गोलो :
यदि तपाइको घरमा मौरी वा अरिगांलले गोलो लगाएको छ भने यसलाई अत्यन्तै अशुभ मानिन्छ । जसले गर्दा ठुलो दुर्घटना निम्तिन सक्दछ l त्यसैले आफ्नो घरमा त्यस किसिमको चिज देखेमा हटाई हाल्नुहोस् l

घरको भित्ता चर्किनु :
के तपाईँ बस्नु भएको घरको भित्ता चर्किएको छ? यदि छ भने त्यसलाई तुरुन्तै मर्मत गरी हाल्नुहोस् l किनकि आफ्नो घरको भित्ता चर्किनु भनेको कुनै नोक्सानीको सङ्केत दिनु हो l

प्रतिक्रिया दिनुहोस्