Logo

फेरी अनसन बस्दै डाक्टर गोविन्द केसी, भदौ २१ गतेसम्मको अल्टिमेटम



Spread the love

११ भदौ, काठमाडौं – मेडिकल शिक्षा सुधारको माग राख्दै आएका  शिक्षन अस्पतालका डाक्टर गोविन्द केसीले फेरी अनसन बस्ने बताएका छन्। काठमाडौं नेसनल मेडिकल कलेजलाई दिइएको सम्बधन खारेज लगायत तीन बुँदे माग पूरा गर्न सरकारलाई भदौ २१ गतेसम्मको अल्टिमेटम दिएका छन्।

आइतबार एक विज्ञप्ति जारी गर्दै केसीले सत्याग्रहकै बेला चिकित्सा शिक्षा ऐन जारी नहुन्जेल कुनै पनि नयाँ मेडिकल कलेज नखोल्ने भनेर विगतमा बारम्बार भएका सम्झौताहरु, माथेमा आयोगको प्रतिवेदन र सरकारको बारम्बारको प्रतिबद्धताका बाबजुद त्रिवि कार्यकारी परिषदका पदाधिकारीहरुले काठमाडौं उपत्यकाभित्रै खाली रहेको एउटा आवासीय भवनलाई मेडिकल कलेजका रुपमा जालझेलपुर्वक सम्बन्धन दिएको खुल्न आएको र त्यस्तो अवैध धन्दामा प्रत्यक्ष संलग्न नभए पनि कुलपतिका रुपमा प्रधानमन्त्रीसमेत त्यसको जिम्मेवारीबाट उम्कन नमिल्ने बताएका छन्।

गोविन्द केसीले जारी गरेको विज्ञप्तिको :

 

प्रतिक्रिया दिनुहोस्