Logo

कसरी गर्ने दिनको सुरुवात?



Spread the love

 

हामीलाई थाहा छ, अधिकांश मानिसहरूका लागि प्यारो चिज भने निन्द्रा हो l जसले दिनभरिको थकाई मेटाउनका साथ साथै आराम पनि प्राप्त हुने गर्छ l तर जब हाम्रो निन्द्रा पुरा भएर बिहान हुन्छ, तब हामीलाई सुतिरहेको ओछ्यान छोड्न भने पटकै मन पर्दैन् र अल्छी गरेर नै सुतिरहने गर्छौं l तर यसो गर्नु भनेको स्वयंले आफ्नै शरीरसँग खेलवाड गर्नु हो l किनकि निन्द्रा पुरा भइसकेपछि पनि सुत्नु भनेको हाम्रो स्वास्थ्य बिग्रिनु हो l जसले स्वास्थ्यलाई कमजोर बनाउनका साथ साथै विभिन्न रोगहरूको सिकार पनि हुन् पुग्छ l त्यस कारण आफ्नो दिनको सुरुवात यस्ता कार्यहरू गरी गर्नुहोस् l जसले शरीरलाई स्वस्थ राख्नका साथै तन्दुरुस्त पनि राख्न मदत गर्दछ l त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त कार्यहरूबारे l

हिँड्ने बानी बसाल्नुहोस् :
बिहानै चाडै उठेसकेपछि बाहिर हिँडडुल गर्ने बानी बसाल्नुहोस् l जसले गर्दा तपाईँको मुटु, फोक्सो गतिशील हुनका साथ साथै शरीरमा शुद्ध अक्सिजन प्रवेश भई दिनभरि ताजा अनुभव पनि महसुस हुने गर्दछ l

प्रेरणादायी सङ्गीत सुनौं :
यदि तपाईँ आफ्नो दिनको सुरुवात प्रेरणादायी सङ्गीत सुनेर गर्नुहुन्छ भने यसले तपाईँलाई दिनभरका लागि खुसी र सकारात्मक रहन मदत गर्नका साथै मुड पनि ठिक गर्ने गर्छ l

प्रकृतिलाई नियाल्नुहोस् :
जब मानिसहरूले आफ्नो बिहानीको सुरुवात सूर्योदयको दृश्य, वरीपरीको वातावरण, रुख, फुल नियाल्नुको साथै आकाशलाई पनि हेर्नुहोस् l जसको अवलोकन गर्दा मनमा खुसी उत्पन्न हुने गर्छ l

योग गर्नुहोस् :
यदि तपाईँ सबेरै उठी योग गर्नुहुन्छ भने यसले तपाइको मनलाई शान्त र स्थिर तुल्याउनका साथै स्वास्थ्यमा पनि धरै लाभ हुने गर्दछ l त्यसैले आफ्नो दिनको सुरुवात योगले गर्ने बानी बसाल्नुहोस् l

फ्रेश खानेकुरा खानुहोस् :
बिहानको समय बासी वा धेरै मसलेदार, तारेको, भुटेको खानेकुरा खाने बानी नगर्नुहोस् । बरुको यसको बदलामा ताजा, सुपाच्य, पोषिलो खानेकुरा जस्तै : सलाद, फलफुल, सातु, दूध, दही आदि खाने बानी बसाल्नुहोस् l

प्रतिक्रिया दिनुहोस्