Logo

प्रेमिकालाई विवाहको प्रस्ताव राख्न प्रेमी पानी मुनि छिरेपछि…..



Spread the love

 

५ असोज, तान्जानिया l केही दिनअघि बिदा मनाउन अमेरिकी नागरिक स्टेभेन वेबर र उनकी प्रेमिका केनेशा आन्टवान अफ्रिकी मुलुक तान्जानिया पुगेका थिए ।

वेबर र उनकी प्रेमिका आन्टवानले ४ दिनका लागि पेम्बा टापु नजिकैको मान्टा रिसोर्टको ३२ फिट पानीमुनि रहेको कोठा बुकिङ गरेको थिए ।

गत बिहीबार उक्त जोडीहरू पानीमुनि बसेको तीन दिन भएको थियो । प्रेमी वेभर भने पानीमा पौडिएर प्रेमिका आन्टवानलाई विवाहको प्रस्ताव राख्न चाहन्थे ।

प्रेमिकाले भने सो महत्त्वपूर्ण क्षण कोठाभित्र बसेर भिडिओमा कैद गरिरहेकी थिइन् । प्रेमी वेबरले प्रेमिका आन्टवानलाई विवाहको प्रस्ताव राख्ने क्रममा कोठाको सिसामा एक पत्र टाँसे ।

उनको पत्रमा लेखिएको थियो, ‘म सबै कुरा बताउन सास रोक्न सक्दिनँ, तर म तिमीलाई माया गर्छु र म तिमीलाई हरेक दिन अझ बढी माया गर्छु l’

त्यस पश्चात् प्रेमी वेबरले पकेटबाट औंठी निकालेर विवाहको प्रस्ताव राखे l उनी आफ्नो प्रेमिकालाई विवाहको प्रस्ताव राख्न कुनै सुरक्षाबिना नै पानीमुनि छिरेका थिए ।

आन्टवानले फेसबुकमा लेखेकी छन्, ‘तिमी त्यो गहिराईबाट माथि आउन सकेनौं । त्यसैले तिमीले आफ्नो प्रस्तावको जवाफ सुन्न पाएनौं । म तिम्रो प्रस्तावमा करौडो पटक सकारात्मक जवाफ दिन्थें।’

प्रतिक्रिया दिनुहोस्