Logo

सभापति देउवाको विरोध गरेर पार्टी बलियो हुँदैन : महामन्त्री कोइराला



Spread the love

६ असोज, काठमाडौँ l नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको विरोध नगर्न नेता–कार्यकर्ताहरूलाई पार्टी महामन्त्री डा. शशांक कोइरालाले आग्रह गरेका छन् ।

आज राजधानीमा ‘नेकपा सरकारका काण्डै काण्ड’ को बिमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले नेताकार्यकर्ताहरुसँग सभापति देउवाको विरोध नगर्न आग्रह गरेका हुन् ।

उनले भने, “सभापतिलाई गाली गरेर होइन, उहाँलाई हाम्रो सहयोग हुनुपर्छ, मैले कतै पनि सभापतिका बारेमा कुनै टिका–टिप्पणी गरेको छैन, गर्नु पनि हुँदैन ।”

पार्टीकै सभापतिको विरोध गरेर पार्टी बलियो हुन नसक्ने महामन्त्री कोइरालाको आशय थियो l यसअघि काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सभापति देउवा विरुद्ध गाली गर्दै हिँड्ने नेताहरूका कारण पार्टीले ठुलो नोक्सान भोग्नु परेको अभिव्यक्ति दिएका थिए l

उनले आक्रोशित हुँदै भने, “केन्द्रीय समिति बैठकमा बोल्दै नबोल्ने ? बाहिर गाली गर्दै हिँड्ने ?यसले नेपाली काँग्रेसलाई ठुलो घाटा भएको छ । पार्टीमा अनुशासनको पालना हुनुपर्दछ ।”

स्वयं बलियो हुने नाममा सभापति देउवालाई कमजोर बनाउने चलखेल पार्टी हित विपरीत रहेको प्रमुख सचेतक खाँणको भनाइ थियो । प्रमुख सचेतक खाँणले पार्टी असफल भए लोकतन्त्र पनि असफल हुने दाबी गर्दै लोकतन्त्रको रक्षाका लागि पार्टीलाई एकढिक्का पारेर मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए l

प्रतिक्रिया दिनुहोस्