Logo

विप्लप माओबादीद्वारा कालो मोसो र जुत्ताको माला



Spread the love

जिल्ला शिक्षा कार्यालय रोल्पाका जि.शि.अ. चिरञ्जीवी पौडेललाई नेपाल कम्युनिष्ट पार्टी रोल्पाले कालो मोसो दलेको छ ।

जि.शि.अ.ले विभिन्न विध्यालयको व्लक निर्माण, शिक्षक नियुक्ति लगायतका काममा भ्रष्टाचार र अनियमिता गरेको  साथै शिक्षा ऐन तथा नियमावली विपरीत कार्य गरेको भन्दै कालो मोसो दलेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जानकारी दिएको छ ।

सोमबार बिहान करिव साढे सात बजे जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलमाथि पार्टीनिकट विद्यार्थी संगठनका विद्यार्थीले कालोमोसो लगाई दिएको नेकपाका जिल्ला सेक्रेटरी दलबहादुर खत्री ुजागृतीु ले जानकारी दिए ।

जिल्ला शिक्षा कार्यालयको बैठक हलमा स्रोत व्यक्तिको बैठक चलिरहेकै बेला गएर युवाले हातपात गरेको जिल्ला शिक्षा कार्यालय स्रोतले जनाएको छ । बैठक हलमा पुगेका ४/५ जना युवाले सुरुमा जिशिअ पौडेललाई नमस्कार गर्दै कहिले आउनु भयो भन्ने जिज्ञासा राखेको प्रत्यक्षदर्शी एक स्रोत व्याक्तिले जनाए ।

उनका अनुसार सामान्य सोधपुछ लगत्तै ‘हाम्रो जिल्लामा आएर भ्रष्टाचार गर्नेू भन्दै केही युवाले हातपात गरेका थिए । ‘कालो मोसो र जुत्ताको माला लगाउन थालेपछि जिशिअले प्रतिवाद गर्दा लछारपछार गर्दै हातपात गरे ।’ प्रत्येक्षदर्शी स्रोतले अन्नपूर्णसँग भने ।

घटना लगत्तै नेकपा कर्याकर्ता हतारमा बाहिरिएका थिए । बैठक हल बाहिर करिव दर्जन युवा गएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले घटनामा संलग्न केहीको पहिचान भैसकेको जनाए । ‘उनीहरुको खोजी भैरहेको छ । ‘ प्रनाउ थापाले भने ।टाउकोमा चोट लागेकाले जिशिअ पौडेललाई जिल्ला अस्पताल रेउघा उपचारको लागि लगिएको छ ।अन्नपूर्णबाट।

प्रतिक्रिया दिनुहोस्