Logo

किन गर्ने ओखरको सेवन? जान्नुहोस् फाइदा



Spread the love

ओखर एक पतझड वनस्पति हो । जसमा अधिक मात्रामा पोषक तत्त्व पाइन्छ । जसले मस्तिष्कलाई स्वास्थ्य राख्नका साथ साथै रक्तप्रवाहलाई नियमित गराउन समेत सहयोग गर्छ । त्यसैले दिनहुँ ओखरको सेवन गर्ने बानी बसाल्नुहोस् l जसको सेवन गर्दा स्वास्थ्यमा विभिन्न फाइदा पुग्ने गर्दछ l सो कारण आउनुहोस् चर्चा गरौँ उक्त विषयबारे l

  • ओखरको सेवन गर्नाले शरीरमा थर्मोजेनिक प्रभाव उत्पन्न गर्छ, जसले गर्दा मुटुको धमनीमा जमेको बोसो घुलनशील अवस्थामा आएर समाप्त हुन्छ l
  • यसको प्रयोग गर्नाले पाचन क्रिया राम्रो हुनका साथै पेटसम्बन्धी विभिन्न समस्याहरूबाट पनि छुटकारा दिलाउन मदत गर्दछ l त्यसैले यसको सेवन गर्ने बानी बसाल्नुपर्दछ l
  • यदि तपाईँमा महिनावारि सम्बन्धी कुनै पनि समस्या भएमा ओखर र मह मिसाएर मनतातो दुधसँग पिउनुहोस् l जसकारण तपाईँले यस्ता समस्याबाट छुटकारा पाउनु हुनेछ l
  • ओखरमा केही शक्तिशाली न्युरो प्रोटेक्टिभ कम्पाउन्ड पाइन्छ, जस्तो कि, भिटामिन इ, ओमेगा थि्र फ्याटी एसिड, फोलेट, एन्टिअक्सिडेन्ट । जसले मस्तिष्कलाई सुरक्षा राख्न मदत गर्छ l
  • यसमा एन्टी अक्सिडेन्ट नामक तत्त्व हुन्छ जसले कपाल तथा त्वचा सम्बन्धी समस्याबाट मुक्ति दिलाउनका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट पनि छुटकारा दिलाउँदछ l
  • यदि तपाईँले ओखरको बोक्रा पिसेर दाँत सफा गर्नुहुन्छ भने पनि यसले दाँतलाई स्वास्थ्य राख्नका साथै चम्किलो बनाउन पनि सहयोग पुर्‍याउँदछ l

प्रतिक्रिया दिनुहोस्