Logo

भारत र चीनबीच विवादित सीमा क्षेत्र दोक्लामबाट सेना हटाउने सहमति



Spread the love

 महिना अघिदेखि भुटान, भारत र चीनको सीमा क्षेत्र दोक्लामको विषयलाई लिएर भारत र चीनबीच तनाव बढेको थियो ।यस बिषयमा भारत र चीनबीच विवादित सीमा क्षेत्र दोक्लामबाट सेना हटाउने सहमति भएको छ ।
दुवै देशले विवाद बढ्दै गए सैन्य कारवाहीका लागि तयार रहेको संकेत पनि गरेका थिए । तर विवाद समाधानको प्रयास स्वरुप भारत र चीनबीच सीमा क्षेत्रबाट सेना फिर्ता बोलाउने सहमति भएको भारत र चीनका स‌ंचारमन्त्रालयहरुले बताएका छन् ।
दुवै देशका सेना फिर्ता बोलाउन तयार भएको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।सन् १९६२ मा युद्ध मैदानमा आमने–सामने भइसकेका यी दुई मुलुकमा फेरि युद्ध भड्किने आशंका बढेकाबेला शान्तिपूर्ण समाधान खोजिएको जनाइएको छ ।
दोक्लाम विवाद बढेपछि दुबै देशले सीमामा सुरक्षा फौजको तैनाथी बढाएका थिए । दोक्लाममा चीनले सडक बनाउन लागेकोमा भारतले विरोध गरेपछि विवाद बढेको थियो । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्