Logo

किन पिउने अमलाको जुस? जान्नुहोस् यसका फाइदाबारे



Spread the love

अमला नेपालमा पाइने एक किसिमको फल हो l जसमा भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रूपमा राखिन्छ । अमला हेर्दा वा खाँदा जति स्वादिष्ट हुन्छ त्यतिकै स्वास्थ्यका लागि पनि गुणकारी छ । यसमा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ । जसमा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता आवश्यक तत्त्व पाइने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले औषधीय गुणयुक्त फलको रूपमा मान्नुका साथै आयुर्वेदिक उपचारको क्षेत्रमा अमलालाई औषधिको रूपमै प्रयोग गर्ने गरिन्छ । यदि तपाईँ अमलाको दाना यतिकै खानु भन्दा पनि यसको जुस बनाएर पिउनुहुन्छ भने अझ बढी फाइदाजनक हुने गर्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ अमलाको जुस पिउँदा हुने फाइदाबारे l

  • यदि तपाईँ दिनहुँ अमलाको जुस पिउनु हुन्छ भने यसले पेट सफा गर्नका साथै कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरू हुन बाट पनि बचाउँदछ l
  • भिटामिन सी प्रशस्त हुने अमलाको जुस नियमित सेवन गर्नाले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ ।
  • यदि तपाईँमा पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याहरू छन् भने पनि दिनहुँ अमलाको जुस पिउने बानी बसाल्नुहोस् l जसलाई पिउँदा यस्ता समस्याबाट छुटकारा मिल्नेछ l
  • अमलाको जुसलाई केरासँग मिसाएर खाएमा महिलाहरूको महिनावारी गडबडी हुने जस्ता समस्याबाट पनि छुटकारा मिल्दछ l त्यसैले दिनुह जसो अमलाको जुस पिउनुहोस् l
  • अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ । दैनिक एउटा अमला खानाले फोक्सोसँग सम्बन्धित रोगहरू लाग्न पाउदैनन ।
  • यदि तपाईँ दिनहुँ अमलाको सेवन गर्नु हुन्छ भने यसले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । साथै किड्नीसँग सम्बन्धित रोगहरू लाग्दैनन् ।
  • अमलाको नियमित सेवनले पाचनशक्ति मजबुत बनाउँछ साथै यसको जुसले स्मरण शक्ति बढाउन पनि सहयोग पुर्‍याउँदछ l सो कारण अमलाको जुस पिउने बानी बसाल्नुहोस् l

प्रतिक्रिया दिनुहोस्