Logo

विवाहित महिलाले किन दिन्छन्, श्रीमानलाई धोका? जान्नुहोस् कारण



Spread the love

विवाह भनेको दुई व्यक्तिहरूको सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का सँगै जीवन ब्यतित गर्ने सम्बन्ध हो । विवाहले दुई व्यक्तिलाई मात्र नभई दुई परिवार बिच पनि नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । अक्सर विवाह गर्दा केटा होस् या केटी होस् उनीहरूले एक अर्कासँग सधैसंगै बस्ने वा एक अर्काको साथ दिने वाचा गर्छन् l जसलाई निभाउनका लागि अधिकांश मानिसहरू असफल हुने गर्छन् l हामीले सुन्दै आएका छौँ, विवाह सम्बन्धमा श्रीमानले भन्दा पनि बढी जसो श्रीमती धोका दिने गर्छन् l आखिर किन त? त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त विषयबारे l आखिर किन श्रीमतीले धोका दिने गर्छन् त श्रीमानलाई?

  • यदि विवाहित महिलाको श्रीमानले श्रीमतीलाई बढी दुख वा कष्ट दिने गर्दछ भने, त्यस्ता श्रीमतीहरू श्रीमानसँग बदला लिनका लागि पनि अन्य पुरुषको साथ रोजी श्रीमानलाई धोका दिने गर्छन् l
  • जब एक विवाहित महिलाको अन्य पुरुषसँग कुनै किसिमको सम्बन्ध गाँसिएको हुन्छ तब अक्सर श्रीमतीले आफ्नो विवाहित सम्बन्धलाई तोडी श्रीमानलाई धोका दिने गर्छन् l
  • यदि कुनै विवाहित स्त्री श्रीमानमा भर नपरी आफै स्वाभिमानी बन्छिन् भने उनले श्रीमानको अपमान र अन्य पारिवारिक दबाब सहन चाहदिनन र सम्बन्ध बिच्छेद गर्ने गर्छन् l
  • विवाहित महिलालाई श्रीमानले अपमान र घृर्णित भावले हेर्ने गर्दछ भने पनि श्रीमतीले बाध्यता बस विकल्पका रूपमा अर्कै पुरुषको साथ खोज्ने गर्छिन् l
  • यदि कुनै सम्बन्धमा प्रवेश गरिसकेका महिलाहरू आफ्नो श्रीमानसँग बोर हुन्छन्, तब त्यस्ता महिलाहरू सम्बन्ध बिच्छेदको बाटो रोज्छन् र श्रीमानलाई धोका दिने गर्छन् l

प्रतिक्रिया दिनुहोस्