Logo

इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको भूकम्प



Spread the love

९ असोज, इन्डोनेसिया । आज इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भुकम्पका कारण एक व्यक्तिको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् ।

अमेरिकी भूगर्भ विभागका अनुसार मालुकु प्रान्तको आम्बोन शहरबाट करिब ३७ किलोमिटर उत्तरतर्फ उक्त भूकम्पको केन्द्र विन्दु रहेको थियो ।

निक्कै शक्तिशाली भुकम्प गएता पनि सो भुकम्पका कारण समुद्रमा सुनामी आउने सम्भावना नरहेको इन्डोनेसियाली भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्