Logo

क्रान्तिकारीको चुनाव : पूर्व अध्यक्षहरु भर्सेस गृहमन्त्री



Spread the love

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को २१ औँ एकताको सम्मेलन यही भदौ ७ देखि काठमाडौँमा जारी छ ।
सम्मेलनमा अहिले सबैको ध्यान अध्यक्ष को हुने भन्नेमा नै केन्द्रित छ ।

सुरुमा अध्यक्षमा दाबी गर्ने धेरै भए अन्तिममा रन्जित तामाङ, अनिल शर्मा र मदन अर्यालले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।मुख्य प्रतिस्पर्धा रन्जित तामाङ र अनिल शर्मा बिच हुने देखिएको छ ।तामाङ र शर्माको मात्रै उम्मेदवारी पर्छ भन्ने हल्ला भए पनि अन्तिममा अर्यालले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

रोमाञ्चक विषय के छ भने शान्ति प्रक्रिया पछिका सबै अखिल क्रान्तिकारीका अध्यक्षहरु लेखनाथ न्यौपाने, हिमाल शर्मा, रमेश मल्ल र नरेन्द्र न्यापाने चारै जना रन्जित तामाङलाइ कुशल संगठक भन्दै तामाङलाई जिताउन लागिपरेका छन् ।
कतिपयले रमेश मल्ल तटस्थ बस्छन् भने पनि उनी तटस्थ बस्ने छैनन् किनभने उनको उत्तराधिकारी रूपमा चिनिएका विद्यार्थी नेता तिलक राज भण्डारी रन्जित तामाङको प्यानल बाट उपाध्यक्षमा लड्दै छन् ।

यता गृहमन्त्री शर्मा अनिल आफ्नो भाइ मात्र नभएर एक योद्धा पनि भएको भन्दै अनिललाइ अध्यक्षमा जिताउन लागि परेका छन् ।
अनिल शर्मा गृहमन्त्री जनार्दन शर्माका सहोदर भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस्