Logo

स्वतन्त्र न्यायपालिकालाई अझ बढी स्वतन्त्र बनाउनुपर्छ : प्रधानन्यायाधीश राणा



Spread the love

१० असोज, काठमाडौँ l प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले स्वतन्त्र न्यायपालिकालाई अझ बढी स्वतन्त्र र सुदृढ बनाउनुपर्ने बताएका छन् l

आज सर्वोच्च अदालतमा दसैँ, तिहार, नेपाल संवत् र छठको अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको कार्यक्रममा सहभागिता जनाउँदै प्रधानन्यायाधीश राणाले नयाँ संविधानमा व्यवस्था भएअनुसार न्यायपालिकामा पनि सुधार गर्दै जानुपर्ने बताएका हुन् l

कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राणाले स्वतन्त्र न्यायपालिकाले मात्र लोकतन्त्र रक्षा गर्न सक्ने उल्लेख गर्दै भने, “संविधानवाद, लोकतन्त्रको सुदृढीकरण र विधिको शासन स्थापित गर्न न्यायपालिका सक्षम, सबल र स्वतन्त्र हुनुपर्छ l”

प्रतिक्रिया दिनुहोस्