Logo

कुलमानलाई फासी दिइनुपर्छ!!



Spread the love

आज बिहानै पत्रपत्रीका र अन्लाईनहरुमा समाचार आयो कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाइदै। यो खबरले मलाई रिसभन्दा बढी दया लागेर आयो कुलमानमाथी। आखिर यती धेरै पिडा खपेर उनी बाचेको देख्नु भन्दा उनलाई मृत्‍युदण्ड दिईनुपर्छ भनेर सरकारलाई सुझाव दिन मन लाग्यो।

कुलमान को हुन? भनिरहन, बयान गरिरहन पर्दैन। उनी के खान्छन? त्यो कसैको सरोकारको विषय हैन। उनी कस्तो लाउछन त्यो सबैले देखेकै छन्। लोडसेडिङ सधैंका लागि अत्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा लागिरहेका छन् र सफलता हासिल गरिरहेका छन्।उनको विरोध किन गरिन्छ, त्यो हुँदै नभएका दैव जानुन!!

गत वर्ष तत्कालीन प्रचण्ड सरकारका उर्जामन्त्री जनार्दन शर्माको कार्यकालमा उनलाई नेपाल बिधुत प्राधिकरणको प्रबन्ध निर्देशक बनाइएको थियो।सायद यो भन्दा अगाडि नै बनाउनुपर्ने थियो। दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर अन्धकारमय गाउँ अनि सहर उज्यालो बनाइरहेका छन्। यसकारण उनलाई फासी दिइनुपर्छ!

लोडसेडिङ अन्त्यपछी लगभग बन्द उध्योग कलकारखाना सन्चालनमा आए, देशले निर्यात गर्नुपर्ने अनुपात केही हदसम्मा भए पनि घट्दो क्रममा छ।यसले गर्दा कत्तिको कमिसन खाने ठाउँ बन्द भएको छ। टुक्कीमा पढिरहेका विद्यार्थीले बिजुली बत्तीमा पढ्न पाएका छन्।।देश्मा दक्ष जनशती उत्पादनमा टेवा पुगिरहेको छ। यसकारण उनलाई फासी दिइनुपर्छ!

घिसिङले आठ अर्बभन्दा बढी नोक्सानीमा रहेको प्राधिकरणलाई नाफामा लैजाने योजना बनाएका छन्। गत असार मसान्तसम्म नोक्सानी एक अर्बमुनि झरेको छ ।बिजुलीको किफायती प्रयोगमार्फत माग पक्ष व्यवस्थापनका लागि प्राधिकरणले कार्यान्वयनमा ल्याउन लागेको ऊर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रमलगायतका काम गर्दै छन्।कयन जेनेरेटर काम नलाग्ने भएका छन्, लोडसेडिङ अन्त्य पछि। यसले कत्तिको कालोबजारी बन्द भएको छ। यसकारण पनि उनलाई फासी दिइनुपर्छ!

उनले मन्त्रीको चाकडी गर्न जानेनन, मन्त्रीका आसेपासेलाई जागिर लगाउन मानेनन, बैठकमा हाल्फ सर्ट लाए, यसकारण पनि उनलाई फासी दिइनुपर्छ!

कुलमान जो सुकै हुन राम्रो काम गर्दै आएका छन्, लोडसेडिङ अन्त्य गरेर देशकै सम्पत्ति जोगाइरहेका छन्। यस्तै राम्रा गरेर देशलाई माथि लिन खोज्दै छन् र त यिनलाई कुनै अरु  सजाय नदिएर मृत्‍युदण्ड दिनुपर्छ सरकार, त्यो पनि फासीमा झुन्ड्याएर!!

प्रतिक्रिया दिनुहोस्