Logo

जंगली च्याउ खाँदा एकै परिवारका १२ बिरामी



Spread the love

१३ असोज, सर्लाही l जंगली च्याउ खाँदा सर्लाहीको इश्वरपुर नगरपालिका ११ भलुवाइका एकै परिवारका १२ जना बिरामी परेका छन् । आइबार दिउँसो जंगलबाट ल्याएको च्याउ पकाएर खाए पश्चात् उनीहरू बिरामी परेका हुन् ।

बिरामी पर्नेमा ६० वर्षीय बृजकुमार माझी, उनकी ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीया बुहारी सबिता माझी, ६ वर्षीया नातिनी रिन्कु माझी, ४ वर्षीय नाति अविनाश माझी, ३१ वर्षीय माइला छोरा बिल्टु माझी, उनकी २७ वर्षीया श्रीमती अन्जु देवी माझी, बिल्टुका १० वर्षीय छोरा अमित माझी, ५ वर्षीया छोरी प्रियंका माझी र ३ वर्षीया छोरी मेनुका माझी रहेका छन् l बिरामीहरूलाई स्थानीय अमृत हेल्थ केयर बयलबासमा सामान्य उपचार गरी थप उपचारको लागि जनकपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्