Logo

काङ्ग्रेसको वक्तव्य भ्रमपूर्ण छ : नेकपा



Spread the love

१४ असोज, काठमाडाैँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ऋषिङ गाउँपालिकामा आइतबार भएको घटनाको सम्बन्धमा नेपाली काङ्ग्रेसको जिल्ला र केन्द्रले जारी गरेको वक्तव्य भ्रमपूर्ण र अतिरञ्जित भएको आरोप लगाएको छ ।

पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी नेकपाले घटनाको वास्तविक अवस्था र तथ्यलाई पन्छाएर नेपाली काङ्ग्रेसबाट जारी भएको भ्रमपूर्ण वक्तव्यको खण्डन गरेको हो ।

ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मीनेन्द्र रिजाललाई स्थानीय जनताहरुले शान्तिपूर्ण रुपमा बाटो छेकी जनताको भावना विपरीत गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरेकाले भवनको शिलान्यास नगर्न अनुरोध गरिएको विषयलाई पूरै ढाकछोप गरी नेपाली काङ्ग्रेसले आफ्ना नेतामाथि नेकपाका कार्यकर्ताले ढुङ्गामूढा र आक्रमण गरेको भनि लगाएको दाबी पूरै झुटो र भ्रामक रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा नेकपाका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले आम जनताको भावनालाई कुल्चदै जबर्जस्ती पालिका भवन शिलान्यासको लागि गएका काङ्ग्रेस नेता र जनताहरुको बीच बाटोमा भेट भई अनुरोध गरेको विषयलाई आक्रमण नै गरेको भन्ने दाबी पूरै असत्य भएको बताए ।

शिलान्यास कार्यक्रमको विरोधमा सङ्घर्ष समितिले ऋषिङ बन्द कार्यक्रम आयोजना गरेको अवस्थामा सो बन्दको अवज्ञा नगर्न र विवादबीच भवन शिलान्यास नगर्न अनुरोध गरिएकोमा सांसदसमेत रहेको पूर्वमन्त्री रिजालले कुनै हालतमा भवन शिलान्यास गरेरै छाड्ने बालहठ देखाएको नेकपाका सचिव न्यौपानेले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्