Logo

निधार हेरेरै थाहा पाउन सकिन्छ, व्यक्तिको स्वभाव !



Spread the love

मानिसको टाउकोमा आँखा भन्दा माथिदेखि कपालभन्दा तलसम्मको अङ्गलाई निधार भनिने गरिन्छ l ज्योतिष शास्त्र अनुहार, हामीले सुन्दै आएका छौँ कि मानिसहरूको हात हेरेर नै उनको भाग्य हेर्ने वा जान्न सकिन्छ l त्यस्तै अब निधार हेरेकै भरमा पनि मानिसको भविष्यवाणी गर्नका साथै मानिसका अनेकौँ रहस्य समेत खोल्न सकिन्छ l त्यसैले आज हामी चर्चा गरौँ, आखिर कस्तो निधार भएका व्यक्ति कस्ता?

गोलाकार निधार :
जुन व्यक्तिको निधार गोलाकार छ, त्यस किसिमको व्यक्ति जहाँ जान्छन् सवैलाई खुसी दिनका साथै उनीहरू जीवनप्रति एकदमै सकारात्मक सोच राख्ने गर्छन् ।

सर्प आकारको निधार :
यदि तपाइको निधार सर्प जस्तो आकारको छ भने बुझ्नुहोस् कि तपाईँ ज्यादै जिद्दी स्वभावका हुनका साथै आफ्नै जिद्दीका कारण विभिन्न समस्यामा अल्झिनु पनि सक्नु हुनेछ l

ठुलो निधार :
जुन व्यक्तिको ठुलो निधार हुन्छ, त्यस किसिमको व्यक्ति बुद्धिमान हुनका साथ साथै जस्तो सुकै अवस्था भएता पनि आफ्नो काम समय भन्दा पहिले नै समाप्त गर्ने र निर्णय लिने क्षमता पनि अचम्म लाग्दो हुन्छ l

सानो निधार :
यदि कुनै व्यक्तिको निधार सानु छ भने त्यस्ता व्यक्तिहरू ज्यादै नै भावुक हुन्छन् । उनीहरू सानो–सानो कुरामा पनि नराम्रो मान्ने हुनका साथै मुड सधैँ परिवर्तन भइरहने खालको तथा स्थिर नहुने हुन्छन् ।

तेर्सो निधार :
जुन व्यक्तिको तेर्सो निधार हुन्छन् उनीहरू आफ्नो विचारमा दृढ हुन्छन् भने प्रेम सम्बन्धको मामिलामा पनि छिट्टै राजी हुँदैन l

पहाड आकारको निधार :
यदि कुनै व्यक्तिको निधार पहाड आकारको जस्तो छ, भने त्यस्ता व्यक्तिहरू सामाजिक हुन्छन् । साथै सरल स्वभाव जो अन्य व्यक्तिको मदतको लागि सधैँ तयार रहन्छन् l

प्रतिक्रिया दिनुहोस्