Logo

विश्वमा क्रान्ति ल्याएका ५ जापानी आविष्कार



Spread the love

एसिया महादेशको सबै भन्दा विकसित र सभ्य देशको रूपमा जापानलाई चिन्ने गरिन्छ । यस देशका शासक देखि लिएर व्यवस्था सहित जनताहरू पनि अनुशासित  रहेका हुन्छन् । अनुशासनका साथसाथै जापानलाई प्रविधिको आविष्कार र प्रतिस्पर्धामा समेत भेट्टाउन मुस्किल छ ।

सामान्य आविष्कार धेरै पहिलेबाट नै भएता पनि वैज्ञानिक आविष्कार जापानले १९९० को दशकबाट ल्याएको हो । त्यसपछिका हरेक दिन जापान नयाँ आविष्कार गर्न सफल रह्यो । जापानले गरेका वैज्ञानिक आविष्कार कतिपय अर्थमा विश्वमै क्रान्ति ल्याउन सक्षम समेत साबित भइसकेका छन् ।  विश्व नै परिवर्तन गर्न सफल त्यस्ता ५ जापानी आविष्कार यस्ता छन् ।

५.  सिडी

जापानको उत्कृष्ट ५ आविष्कारको नाम लिँदा सिडीको नाम प्रायः छुट्दैन । सन् १९९० को दशकमा जापान सिडीको पहिलो आविष्कार गर्न सफल भयो । एकपटक बजारमा आएपछि यसको लोकप्रियता बढ्दै गयो । तत्कालीन समयमा संगीत पारखिका लागि यो अत्यावश्यकीय सामग्री समेत बनेको थियो । विश्व बजारमा फिल्मको लोकप्रियता बढाउन पनि सिडीको महत्व रहेको छ ।

 

४. भिडियो टेप रेकर्डर

जापानमा सन् १९७५ को दशकमा आविष्कार भएको भिडियो टेप रेकर्डरले विश्वमा नै नयाँ तरंग ल्यायो । तत्कालीन समयभन्दा अगाडी कुनै कार्यक्रमका क्रियाकलाप रेकर्ड गर्न सकिने अवस्था थिएन । तर, सन् १९७५ मा “सोनी बेटाम्याक्स“ ले आविष्कार गरेको भिडियो टेप रेकर्डरले कुनै कार्यक्रम कैद गरेर पुरानै तरिकामा हेर्न सक्ने सम्भव बनायो ।

३. विद्युतीय क्याल्कुलेटर

जापानको उकृष्ट ३ आविष्कार भन्नुपर्दा विद्युतीय क्याल्कुलेटर सायद कसैले नछुटाउला । सन् १९५७ मा क्यासियो नामक कम्पनीले बनाएको विद्युतीय क्याल्कुलेटरले संसारभर तरंग ल्यायो । घण्टौँ लगाएर गर्नु पर्ने करोडौँको हिसाबकिताब मिनेट भरमै सक्ने क्षमता भएको कारण विश्व बजारमा यसले ठूलो लोकप्रियता कमाउन सफल भयो ।

२. तयारी चाउचाउ

विज्ञानमा विश्वास राख्ने जापानले विश्व बजारको आवश्यकतालाई पनि नजिकबाट नियालेको हुन्छ भन्ने प्रष्ट उदाहरण हो तयारी चाउचाउ । सन् १९७१ मा जापानले सर्वप्रथम तयारी चाउचाउ बजारमा निकालेको थियो । त्यसपछि हरेक देशमा तयारी चाउचाउ उत्पादन गर्ने लहर चल्यो । १९७० को दशकमा आविष्कार भएको यो उत्पादनले यात्राको बेला खानाबारे लिनुपर्ने तनाव सदाका लागि दुर गरिदियो । जापानको पहिलो तयारी चाउचाउ रामेन  हो । अहिले नेपाली बजारमा पनि रामेन खान पाइन्छ ।

१. इलेक्ट्रिक राइस कुकर

जापानको सबैभन्दा उत्कृष्ट आविष्कार इलेक्ट्रिक राइस कुकर हो । सन् १९४० को दशकमा आविष्कार भएको यो उपकरणले संसारभरका मानिसलाई खाना पकाउने काम सहज गरिदियो । यसको आविष्कार हुनु भन्दा अगाडी संसारभर खाना पकाउने एउटै माध्यम आगो थियो । तर, १९४० पछि जापानले खाना पकाउने नयाँ विकल्प विश्वसामू थमाइदियो ।

 

प्रतिक्रिया दिनुहोस्