Logo

यस्ता छन् हरियो प्याज खानुका फाइदै फाइदा



Spread the love

भान्सामा प्रयोग गरिने हरियो प्याजले खानाका परिकारहरूमा स्वाद बढाउनका साथै यसमा फाइबर, पोटासियम, म्याग्नेसियम, भिटामिन बी आदि पाइन्छन् । हरियो प्याजमा एन्टी–ब्याक्टेरियल र एन्टी–भाइरल तत्त्व हुन्छन् । जसले शरीरलाई भाइरल इन्फेक्सनबाट बचाउँछ। हरियो प्याज खानेलाई रुघाखोकी र साससम्बन्धी समस्याले त्यति सताउँदैन। तर धेरैलाई यसको फाइदाको बारेमा थाहा हुँदैन । हरियो प्याजमा सल्फर धेरै मात्रामा पाइन्छ, जुन हाम्रो शरीरको लागि निकै लाभदायक मानिन्छ । त्यसैले आउनुहोस् चर्चा गरौँ, यसको सेवन गर्दा हुने फाइदाबारे l

हरियो प्याजमा एन्टी इन्फ्लेमेटरीको गुण हुन्छ l जसले अर्थराइटिस हुनबाट बचाउनका साथ साथै स्वास्थ्य स्वस्थ पनि रहने गर्दछ l त्यसैले यसको सेवन गर्नु फाइदा जनक हुने गर्छ l

यसमा हुने सल्फर निकै फाइदाजनक छ, जसले शरीरमा हुने रक्तचापलाई नियन्त्रण गर्छ । रक्तचापलाई सामान्य बनाइराख्न हरियो प्याज लाभदायी मानिन्छ ।

जुन मानिसलाई मधुमेहको रोग छ उनीहरूको लागि प्याजको पत्ता सेवन गर्नु धेरै फाइदाजनक हुन्छ । यसमा पर्याप्त मात्रामा सल्फर हुन्छ जसले इन्सुलिनको स्तरलाई सन्तुलित बनाइराख्छ ।

यदि तपाईँमा भोक नलाग्ने समस्या छ भने पनि हरियो प्याजको सेवन गर्ने बानी बसाल्नुहो l जसको सेवन गर्दा भोक बढाउन मद्दत गर्दछ l

हरियो प्याजले पाचन पक्रियालाई सक्रिय बनाउँछ । खाना अपच हुने हरुका लागि हरियो प्याज फलदायी मानिन्छ । त्यस्तै हरियो प्याज विभिन्न पेटसम्बन्धी रोगको लागि पनि उपयोगी मानिन्छ ।

यसले ब्ल्ड सुगर लेभललाई कन्ट्रोल गर्ने भएकाले डायबेटीजको बिरामीलाई निक्कै फाइदा पुर्‍याउँछ। जसले गर्दा यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ l

भिटामिन सी र के जस्ता तत्वले भरपुर प्याजको पत्ताले हड्डीहरूको क्रियाशिलतालाई बढाइराख्ने काम पनि गर्छ । यसले हड्डीहरू मजबुत बनिरहन्छ ।

प्रतिक्रिया दिनुहोस्