Logo

थाहा पाउनुहोस् केरा खानुका फाइदाबारे



Spread the love

केरा विश्वको प्राय सबै ठाउँमा पाइने फल हो । जसको स्वाद निकै स्वादिष्ट हुन्छ l यसको मात्र स्वाद स्वादिष्ट नभई शरीरलाई पनि तत्काल ऊर्जा दिन्छ । जसको सेवन गर्नाले शरीर स्वस्थ हुनका साथै विभिन्न रोगहरूबाट पनि छुटकारा पाउन सकिन्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ, केराको सेवन गर्दा स्वास्थ्यमा पुग्ने फाइदाबारे l

  • केरामा पर्याप्त मात्रामा सजिलै पच्ने धुलनशील फाइबरहरू हुन्छन् । ती फाइबरहरूले कब्जियत हटाउन तथा पाचन प्रक्रियालाई नियमित गर्न एवं स्वस्थ राख्न मद्दत गर्छ ।
  • यदि तपाईँलाई रक्त अल्पताको समस्या छ भने केरा खानुहोस् । यसले रगतमा हेमोग्लोविनको मात्रा बढाउँछ र रक्त अल्पता जस्ता समस्याबाट मुक्ति दिन्छ ।
  • पेटमा अम्लपना बढेर डकार आउने, अमिलो पानी आउने तथा छाती पोल्ने जस्तो समस्या देखिएमा केराको सेवन उपयोगी हुन्छ । केरामा प्राकृतिक अम्लप्रतिरोधी तत्त्व हुन्छ ।
  • केरामा भिटामिन बी पाइन्छ जसले शरीरमा ग्लूकोजको मात्रा सन्तुलन गराउनका साथ साथै तनाव नियन्त्रण गर्न पनि सहयोग गर्छ ।
    त्यसैले यसको सेवन गर्नु उचित रहन्छ l
  • केरामा पर्याप्त मात्रामा पोटासियम पाइन्छ । त्यस कारण केराले रगतलाई मस्तिष्कसम्म अक्सिजन पुर्‍याउन, हृदयको धड्कन नियमित गर्न र शरीरका पानीको मात्रालाई सन्तुलित राख्न मद्दत गर्छ ।
  • केरा खाइसकेपछि यसको बोक्रा कुनै घाउ वा लामखुट्टेले टोकेको ठाउँमा लगाइदिनु भयो भने पनि यसले घाउलाई सन्चो पारिदिन्छ । घाउमा लगाउने कुनै पनि मलम भन्दा यो उपयुक्त रहन्छ l
  • आन्द्रामा घाउ हुने अर्थात् अल्सरका रोगीका लागि समेत केराको सेवन उपयुक्त हुन्छ । यसले पेटको अम्लपना समेत सन्तुलित गराउने भएकाले यो अल्सर तथा ग्यास्ट्राइटिसका रोगीका लागि फाइदाजनक हुन्छ ।
  • मांसपेशीको विकासको लागि निश्चित मात्रामा कार्बोहाइड्रेडको आवश्यकता पर्दछ । केराको नियमित सेवनले त्यो आवश्यकता पूर्ति गर्छ ।

प्रतिक्रिया दिनुहोस्