Logo

बर्बादीको बस्ती



बर्बादीको बस्ती

भूकम्पले चर्किएको घरको अगाडि उभिएको छु । चर्किएको मनको अगाडि टुप्लुक्क आइपुगेर उभिएको प्रेम प्रस्तावजस्तो । कुरा घरको होस् या मनको- काम चलिरहेकै छ । विश्वासको दलिन हल्लिएको हो, निस्किसकेको छैन मनको गारोबाट ।

अझै एकछिन चर्चा गर्छु- घरको । आँटीको भित्तानिर टपक्क टाँसिएको छ- बिजुलीको मिटर, जो आँगनबाटै देखिन्छ । मिटरकै छेउमा लामो बारुलाको गोलो छ । सुने बारुलो रहेछ । सुन रङका बारुला पालो पालो उडिरहेछन् । ढुङ्गाको छानो छ- पालीमा । छिद्रबाट सुनौलो किरण बटारिदैं खसेको छ- आँटीमा । उतापट्टि नाङ्लोमा डल्ले खुर्सानी सुकाइएका छन् । रातो साडी लगाएकी डल्ली केटी गोलो आँगनमा उभिएजस्तो । यही हो हाम्रो घरको आँटीको चुस्त दुरुस्त वर्णन । म भनेँ पिँढीको खाटमा बसेर मोबाइल किचकिच् पारिरहन्छु । बिट फर्केको गिलासमा चिया ल्याइदिँदै आमा भन्नुन्छ – “कहिल्यै पुगेन तँलाई मोबाइलमा घोप्टिएर ।”

दिनको कम्तीमा तीनपटक लिने गर्छु उक्त वाणी । बिहान खानासँग, दिउँसो चियासँग, साँझ सुत्ने बेलामा । त्यो दिन भनेँ आमा मन्दिर जानू भयो । कृष्ण जन्माष्टमी थियो । घर हेर्ने जिम्मा मलाई थियो । एक फन्को हेरेँ घर । बाछिटाले हानेर तलतल बगेका कमेराका धर्साहरू भित्तामा। भर्खरै गालामा आँसु बगेजस्तो । बिचबिचमा माटोको पाप्रा उप्किएर ढुङ्गा देखिएका । छाला उप्किएर हाड देखिएको शरीरको कुनै भागजस्तो । पानी चुहिएर लेउ लागेको कतै कतै । कालो । धेरै दिन ननुहाएको मान्छेको काखीजस्तो ।

घर त बिरामी रहेछ । घाइते रहेछ । बुढो भइसकेछ । कोही बस्न छोडेपछि, कसैले छोडेर गएपछि छोटो समयमै बुढो देखिँदो रहेछ, रोगी देखिँदो रहेछ, घाइते देखिँदो रहेछ । घर किन नहोस्, मान्छे नै किन नहोस् ।


घर त बिरामी रहेछ । घाइते रहेछ । बुढो भइसकेछ । कोही बस्न छोडेपछि, कसैले छोडेर गएपछि छोटो समयमै बुढो देखिँदो रहेछ, रोगी देखिँदो रहेछ, घाइते देखिँदो रहेछ । घर किन नहोस्, मान्छे नै किन नहोस् ।

घरको सुरनिर हात राखेर मनमनै भनेँ – “दशैंमा उपचार गर्छु तँलाई, निको गराउँछु, चिटिक्क पारिदिन्छु । कमेरोको कमिजमा तल रातो माटोको पाइजामा लगाइदिएर चिटिक्क पार्छु तँलाई, जवान बनाउँछु । पुरिदिन्छु घाउहरू, मेटाइदिन्छु दागहरू, दाह्री मिलाइदिन्छु तेरो ।”

घरको तगारोबाट निस्किएर मोटरबाटो छेउको एकचोक्टा शीतलमाथि बसेँ । आडमै छ बाँसघारी । त्यसैको छायाँ लटरम्म फलेको छ, म उभिएको ठाउँमा । बाँसमा नाम लेखेको थिएँ मेरो अनि उहाँको । हँसियाको चुच्चोले खोपेर । एक दिन कुन्नि के लाग्यो मलाई । बिहानै आएँ र मेरो नाम हँसियाको धारले तानिदिएँ । अघिल्लो रात मलाई ब्रह्मज्ञान भएको थियो कि कसैलाई दिलबाट हटाउन सकिँदैन भनेँ आफ्नो दिलबाट आफै हट्नु उत्तम विकल्प हो ।

मलाई उहाँको नाम मेटाउन मन लागेन । आफ्नो नाम मेटाइदिएँ । आज पनि छ बाँसमा नाम । तर एक्लै छ । मान्छेसँग त मलाई केही सोध्नु छैन तर त्यो नामलाई सोध्ने मन छ – ” एक्लै हुँदा मेटिएको नामको याद हुन्छ कि हुँदैन ?”

भइहाल्यो नि त ,
घाम पनि कस्तो उखरमाउलो । छि ! लाग्छ, एकछिन घाममा उभिएँ भनेँ पग्लिएर सकिन्छु म । कपडा मात्रै बाँकी रहन्छन् ।

उति बेलै रिसाउँदै भनेँ – ” मलाई त्यही मान्छेसँग चाहिँ किन चिनजान गराइदिनु भो ? संसारमा अरू कोही थिएनन् ?”

एकछिन केही बोलेनन् । एक छिनपछि निराश हुँदै भने – ” मलाई के थाहा त नि तैँले त्यो मान्छेसँग प्रेम गर्लास् भन्ने कुरा, मैले त केही धोका दिने तरिका सिक्लास् भनेर चिनजान गराएको ।”


यस्तो घाममा छाँयाजस्तो तनक्क तनक्क तन्किँदै कोही आइरहेछ- उकालो उकालो । नजिक आएपछि देखेँ भगवान् कृष्ण रहेछन् । त्यसै त कालो । घामले डढेर छायाँभन्दा कालो देखिएका । बाटोमा त दुईवटा छायाँ एकसाथ हिँडेजस्तो । चरण परेँ । घरमा लगेर जलपान गराएँ ।

उति बेलै रिसाउँदै भनेँ – ” मलाई त्यही मान्छेसँग चाहिँ किन चिनजान गराइदिनु भो ? संसारमा अरू कोही थिएनन् ?”

एकछिन केही बोलेनन् । एक छिनपछि निराश हुँदै भने – ” मलाई के थाहा त नि तैँले त्यो मान्छेसँग प्रेम गर्लास् भन्ने कुरा, मैले त केही धोका दिने तरिका सिक्लास् भनेर चिनजान गराएको ।”

मैले मुख बङ्ग्याउँदै भनेँ – “खुब भएछ ।”

मेरो कुरा सुनेर अजिब लागिरहेको होला है हजुरलाई । सत्य , म साँचो साँचो मात्रै बोलिरहेको छु । हाम्रो बहुत राम्रो सम्बन्ध छ ।

मेरो रिस अझै मरिसकेको थिएन । फेरि सोधेँ – “यो घाममा किन यसरी मुन्टिबक्स्या नि ? ”

– बर्थ डेमा सबैलाई उत्सुकता हुन्छ नि । कस्तो रहेछ तयारी भनेर हेर्न आको ।

– घामको ब्राइटनेस घटाएर आ’को भए पनि त हुन्थ्यो उटा’ट आउँदा । कम्ता गर्मी छ याँ ।

– मन्त्रीको सवारीजस्तो हैन नि त । सिस्टम बिगार्न मिल्दैन । मान्छेहरू खाली खुट्टा हिँडे म पनि खाली खुट्टा हिँड्छु । नियम सबैलाई बराबर । नियम बनाउनेलाई पनि नियम लाग्छ ।

– फेसबुकमा हजुरको कम्ता विरोध गर्छन् अचेल ! कहिल्यै जानुन्छ त्यता ?

– म त जान्न त्यता । मैले बनाएको दुनियाँ हैन त्यो। के भनेर विरोध गरे मेरो ?

– १६ सय तरुनी लिएर हिँड्यो । ऊ चाहिँ भगवान्, हामी चैँ चरित्रहिन ? भन्दै थिए ।

एकछिन चुप लागे कृष्ण । अनि फेरि भनेँ – ” कति जना स्त्रीलाई चीरहरण हुनबाट जोगाएछन् तिनेरुले ? सोधिनस् ? ”

मैले केही भनिनँ । चिया खाने कुरा भयो । म चिया बनाउन लागेँ । उनी बाहिर खाटमा, म भित्र किचनमा । कुरा चलिरहँदा म डाडु हातमा समातेरै ढोकासम्म आएर कुरा थप्थेँ । उत्तर दिन्थेँ । प्रश्न गर्थेँ । फेरि दगुर्दै अगेनामा पुग्थेँ । चिया उम्लिन्छ कि भन्ने डरले ।

– फेसबुकमा हजुरको कम्ता विरोध गर्छन् अचेल ! कहिल्यै जानुन्छ त्यता ?

– म त जान्न त्यता । मैले बनाएको दुनियाँ हैन त्यो। के भनेर विरोध गरे मेरो ?

– १६ सय तरुनी लिएर हिँड्यो । ऊ चाहिँ भगवान्, हामी चैँ चरित्रहिन ? भन्दै थिए ।


– चियामा टिमुर राखौँ कि नाइँ ?
– दुई चार दाना राख् । सुस्त रमरम आओस् स्वादमा ।

चिया लियौँ हामीले । कुराहरू चलिरहे । उनले एउटा बस्तीको वर्णन गरे । शुरुमै भनेका थिए – “हुन त त्यो बस्तीमा तँ पनि गएको हुन सक्छ ।”

श्रीकृष्ण उवाच –

समाज र धर्मको मुहानभन्दा अलिक माथि छ- एउटा सुनौलो बस्ती । टाढाबाट हेर्दा बगैँचाजस्तो देखिन्छ । बस्तीको बिचबाट थोरै तेर्सो हिँडेर उकालो उकालो हिँडेको छ- एउटा बाटो । देख्ने हरकोहीलाई एक पटक हिँडू हिँडू लाग्छ त्यो बाटो ।

बस्तीको प्रवेशद्वारको माथि ठुलो अक्षरमा ‘बिदाइ ‘ लेखिएको छ । म गम खान पछि पर्दिनँ । मैले देखेका हरेक गेटहरूमा स्वागतम लेखिएका थियो । यो नै पहिलो यस्तो गेट थियो जहाँ ‘बिदाइ’ लेखिएको छ ।

केही पाइला हिँडेँ । बाटो कस्तो सुन्दर रहेछ । रुखका हाँगामा जुरेली नाचिरहेका । भर्खरै घाम लागिरहेको । गुलाबका पत्रमा शीत टल्किरहेको ।

अलिक टाढा पुगेपछि बाटो अलिक अफ्ठेरो लाग्न थाल्यो मलाई । फुल झरिसकेका काँडा मात्रै बाँकी रहेका बोटहरू देखिन थाले । जति हिँड्यो त्यति नै अफ्ठेरो बाटो आउँथ्यो । मलाई पनि हिँड्न गाह्रो परिरहेको थियो ।

बाटोमा थरिथरिका मान्छे भेटिए ।
‘खुट्टा भए जुत्ता कति कति’ भन्ने अहमको भारी बोकेकाहरू पनि यतै खाली खुट्टा हिँडिरहेका देखिए । एक कप चियाको भरमा सारा कहानी सुनाउनेहरू पनि त्यतै भेटिए । विचारमा पागलपन भएकाहरू पनि त्यति भेटिए । सबैभन्दा धेरै त त्यहाँ केही पनि बोल्न नचाहनेहरू थिए ।

धेरैलाई सोधेँ मैले त्यो बस्ती र बाटोको बारेमा । कसैले केही बताएनन् । जसोतसो मैले त्यो बाटो काटेँ । एउटा सुनौलो द्वार आयो फेरि । म जब त्यो द्वारबाट निस्किएँ ,साँच्चीकै अर्कै दुनियाँमा निस्किएजस्तो भयो । सास फेर्न सजिलोजस्तो लाग्यो ।

द्वारनिर एउटा मान्छे उभिएको थियो । मैले त्यो बस्तीको नाम र बाटोको बारेमा सोधेँ । उसले उत्तर दियो ।

यति भनेर कृष्ण मुस्कुराए ।
कृष्णले भनिरहेको कुरा मैले ध्यानले सुनिरहेको थिएँ । मैले जोसमै सोधेँ कृष्णलाई – “त्यो मान्छेले के उत्तर दियो त ? “

कृष्णले मुस्कुराउँदै भनेँ – “त्यो बस्तीको नाम ‘बर्वादीको बस्ती’ रहेछ । बाटोको नाम प्रेममार्ग ।”


यति भनेर कृष्ण मुस्कुराए ।
कृष्णले भनिरहेको कुरा मैले ध्यानले सुनिरहेको थिएँ । मैले जोसमै सोधेँ कृष्णलाई – “त्यो मान्छेले के उत्तर दियो त ? ”

कृष्णले मुस्कुराउँदै भनेँ – “त्यो बस्तीको नाम ‘बर्वादीको बस्ती’ रहेछ । बाटोको नाम प्रेममार्ग ।”

म त ट्वाँ परेँ । कृष्णले जिस्क्याउँदै भनेँ – ” तँलाई त जतासुकै कालो मात्रै देखियो होला है । हाँडीको पिँधजस्तो ।”

म त निस्किन्छु अब – कृष्णले यति भन्दै उठिहाले । पख्नुस्, काँक्रो खाएर जानुहोला – भनेको थिएँ । उनी नसुनेजस्तो गरेर सरासर गए ।

परसम्म हेरेँ मैले उनी गएको । बाटोमा दुईवटा छायाँ एउटै गतिमा हिंडिरहेजस्तो देखियो धेरै बेरसम्म ।

प्रतिक्रिया दिनुहोस्