Logo

यस्ता छन् अनार खानुका फाइदा



Spread the love

अनार एक किसिमको फल हो l जसको स्वाद गुलियो हुनका साथै स्वादिष्ट पनि हुने गर्दछ l यसको सेवन गर्दा जिब्रोलाई मात्र नभई स्वास्थ्यको लागि पनि फाइदाजनक साबित हुन्छ l यसमा फाइबर, प्रोटिन, भिटामिन ‘सी’, भिटामिन ‘के’, फोलेट र पोटासियम रहेका कारण पनि अनार खानु हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक छ । त्यसैले आज हामी चर्चा गर्छौँ, अनार खादा स्वास्थ्यमा पुग्ने फाइदाबारे l

  • यदि नियमित जसो अनारको सेवन गर्ने हो भने यसले शरीरमा रगतको कमी हुन दिँदैन । साथै मुटुका रोगीहरूका लागि समेत लाभदायी हुन्छ । त्यसैले यसको सेवन गर्नु उचित रहन्छ l
  • यदि तपाईँमा दाँतसम्बन्धी कुनै समस्या छ भने पनि यसको सेवन गर्नु उचित रहन्छ l यसको सेवन गर्नाले सो समस्याबाट छुटकारा दिलाउनका साथै छाला चम्किलो बनाउन गर्दछ ।
  • अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । त्यसैले, मधुमेहका बिरामीका लागि अनार लाभदायक छ । सो कारण यसको सेवन गर्नु उपयुक्त रहन्छ l
  • अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्दत गर्छ । यसै गरी, गर्भवती महिलाले अनारको सेवन गर्नु उचित रहन्छ l
  • अनारमा प्रशस्त मात्रामा आइरन हुन्छ, जसले रक्त अल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ । त्यसैले यसको सेवन गर्नु उपयुक्त रहन्छ l
  • यदि तपाईँमा बिर्सिने जस्ता समस्या छ भने पनि यसको सेवन गर्नु फाइदाजनक हुन्छ l जसले गर्दा यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ l
  • अनारले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्नका साथै, प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ । त्यसैले यसको सेवन गर्नु उचित रहन्छ l

प्रतिक्रिया दिनुहोस्