Logo

सजिलैसँग अङ्ग्रेजी बोल्नका लागि अपनाउनुहोस्, यी तरिका



Spread the love

अधिकांश जसो विद्याथीहरूका लागि सबै भन्दा गाह्रो विषय भनेकै अङ्ग्रेजी हो l जसलाई बोल्न सायदैलाई आउँछन् होला ! यो एक जटिलताको विषय नै भइसकेको छ l जसबाट मानिसहरू छुटकारा पाउन चाहन्छन् l त्यसैले आज हामी यसबारेमा चर्चा गर्ने छौँ, आखिर कसरी बोल्न सकिन्छ त सजिलैसँग अङ्ग्रेजी भाषा? जसलाई तल दिइएको छ l

अङ्ग्रेजी बोल्ने साथीको सङ्गत गर्ने :
यदि तपाईँ सजिलैसँग अङ्ग्रेजी बोल्न चाहनुहुन्छ भने त्यसका लागि अङ्ग्रेजी बोल्ने साथीहरू बनाउने गर्नुहोस् l जसले गर्दा तपाईँले छिटो र सजिलै अङ्ग्रेजी सिक्नु हुनेछ l

अङ्ग्रेजी न्युज च्यानल हेर्ने :
अङ्ग्रेजीमा न्युज च्यानलहरू हेर्नु धेरै फाइदाजनक छ । तपाईँ जति धेरै अङ्ग्रेजी सुन्नु वा हेर्नु हुन्छ त्यतिनै छिटो र सजिलै तपाईँले अङ्ग्रेजी भाषा सिक्नु हुनेछ l त्यसैले बढी जसो अङ्ग्रेजी न्युज च्यानल हेर्ने गर्नुहोस् l

व्याकरणमा ध्यान दिने :
यदि तपाईँले अङ्ग्रेजी व्याकरणलाई ध्यानसँग पढ्नु हुन्छ भने सजिलैसँग अङ्ग्रेजी सिक्न सकिने छ । व्याकरणलाई दैनिक रूपमा पढ्ने र बुझ्ने कोसिस गर्नुहुन्छ भने तपाईँ पनि अङ्ग्रेजी बोल्न सक्नु हुनेछ l

घरमा अङ्ग्रेजीको प्रयोग गर्ने :
घरमा बस्दा,काम गर्दा अङ्ग्रेजी बोल्नु पर्छ । घरमा साना भाइ,बैनीसँग अङ्ग्रेजीमा कुरा गर्ने प्रयास गर्नुपर्छ । यसले तपाईँ र साना भाइ,बैनी दुबैलाई अङ्ग्रेजी सिक्न फाइदाजनक साबित हुनेछ ।

अङ्ग्रेजी कथाहरू भएका किताबहरू पढ्ने :
सबैलाई कथा पढ्दा रमाइलो महसुस हुन्छ । यदि तपाईँ पनि छोटो कथाहरू अङ्ग्रेजीमा पढ्नु हुन्छ भने तपाईँ पनि सजिलै र छिटै अङ्ग्रेजी बोल्न सक्नु हुनेछ l

प्रतिक्रिया दिनुहोस्