Logo

मालिका माविको शैक्षिक महोत्सवको रौनक बढदो, दुई दिनमै जुट्यो १७ लाख



Spread the love

२८ असोज, गुल्मी – जिल्ला कै विकट मानिने गुल्मीको मालिका गाउँपालिका वडा नमूना ८ स्थित मालिका माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सवको राैनकता बढ्दै गएको छ । दोस्रो दिन मङ्गलबारसम्म करिब १७ लाख रकम जुटेको विद्यालय स्रोतले जानकारी दिएको छ ।

अहिलेसम्म सुर्य बहादुर जिसिबाट ५२ हजार १ सय, थम्मन बहादुर जिसिबाट ५१ हजार ५ सय ५ ,  राम प्रसाद शर्मा पौडेलबाट ५१ हजार १ सय ९९ र प्रधानाध्यापक हेमराज पौडेलबाट ५१ हजार १ सय ११ प्राप्त भएको महोत्सवको सचिवालय स्रोतले जानकारी दिएको छ ।

मालिका माविलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनको लागि महायज्ञको आयोजना गरिएको हो । महायज्ञ आउँदो कात्तिक ४ गतेसम्म चल्ने छ भने महायज्ञबाट १ करोड ५० लाख रकम जुटाउने विद्यालयको उद्देश्य रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्