Logo

यस्ता छन् भुइँ कटहर खानुको फाइदा



Spread the love

 

भुइँ कटहर नेपालमा पनि पाइने एक किसिमको फल हो । यसको बोट सानो झाडी आकारको हुन्छ । यो एउटा बहुबर्षीय पोथ्रा वर्गमा पर्ने वनस्पति हो । यसलाई कतै कतै अनारस नामले पनि चिनिन्छ l भुइँकटहर हरेक मौसममा पाइने निकै स्वादिलो फल हो । यो स्वादिलो मात्र होइन निकै गुणकारी पनि हुन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । जसको सेवन गर्नाले शरीरमा फाइदा पुग्ने गर्दछ l त्यसैले आउनुहोस् l चर्चा गरौँ, भुईँ कटहर खादा हुने फाइदाबारे l

  • भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा सहयोग गर्दछ । ब्रोमेलेन यौगिकले हड्डीमा हुने विभिन्न खाले समस्याबाट बचाउँदछ ।
  • यदि तपाईँ दाँत सम्बन्धी कुनै पनि समस्यामा हुनुहुन्छ भने भुइँकटहर खानु निकै उपयोगी साबित हुन्छ । भुइँकटहर खाँदा जोर्नीको समस्यामा फाइदा मिल्छ ।
  • भुइँकटहर भिटामिन सीको राम्रो स्रोत हो । यसले शरीरमा रोग लाग्न दिँदैन र श्वेत रक्तकोषका गतिविधिमा वृद्धि गरी रोग प्रतिरोधी क्षमता बढाउँछ ।
  • नियमित भुइँकटहरको सेवनले कब्जियत, पखाला, एथेरोस्केलोसिस, रगत जम्ने समस्या र उच्च रक्तचाप समाधानमा सहयोग पुर्‍याउँछ । यो फाइबरको राम्रो स्रोत भएकाले पनि पाचन प्रणालीलाई दुरुस्त बनाउँछ र ग्यास्ट्रिक हुन दिँदैन ।
  • एन्टिअक्सिडेन्टका साथै भिटामिन ए, बिटा क्यारोटिन, ब्रोमिलेन, फ्लाभोनोइड्स र म्यागनिज पाइने भएकाले भुइँकटहरले मुख, घाँटी तथा स्तन क्यान्सर लाग्नबाट जोगाउँछ ।
  • भुइँकटहरमा कम मात्रामा क्यालोरी हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । तसर्थ यसको सेवनले जिउमा चिनीको मात्रा बढाउँदैन । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्