Logo

जान्नुहोस् गुलावका फाइदाबारे



Spread the love

गुलाव एउटा फुलको प्रजाति हो । यो फुल विश्वकै प्रसिद्ध फुल हो । यस फुललाई प्रेमको प्रतीक पनि मानिन्छ, प्रेम दिवसमा आफ्नो प्रेमी/प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ | तर गुलाफको महत्त्व यतिमै सीमित छैन । स्वास्थ्य तथा जीवनका लागि पनि गुलाफ अमूल्य छ । यसको सेवनबाट धेरै रोगहरू निको हुनका साथै सुन्दरता बढाउन पनि यसले प्रभावकारी काम गर्छ । त्यसैले आज हामी चर्चा गर्नेछौँ l यसको फाइदाबारे ।

यदि तपाईँलाई रातमा निन्द्रा लाग्दैन भने गुलाफको सेवन गर्नुहोस् । किनकि गुलाफको सेवन गर्दा अनिन्द्राबाट मुक्ति भई राम्रो निन्द्रा लाग्ने गर्दछ l

क्षयरोग लागेकाहरूले पनि यस फुलको सेवन गर्नु फाइदाजनक साबित हुन्छ । यसको सेवन गर्दा उक्त रोगसँग लड्ने क्षमता बढ्नका साथै हड्डीहरू पनि बलियो बनाउन मदत गर्दछ l

गुलाफ शरीरका लागि पनि धेरै फाइदाजनक छ । यसबाट बन्ने गुलकन्दमा अर्क हुन्छ । गुलकन्दले शरीरमा फुर्ति ल्याउनका साथै थकान, आलस्य, माशंपेशीको दुखाई र जलनजस्ता समस्यालाई पनि कम गर्छ ।

यदि गुलाफको सेवन गर्ने हो भने यसले दाँत र गिजालाई बलियो बनाउनका साथै मुखबाट आउने गन्धबाट पनि छुटकारा मिल्दछ । त्यसैले यसको सेवन गर्नु फाइदाजनक छ l

प्रतिक्रिया दिनुहोस्