Logo

दाङ-सल्यान सडकखण्ड झण्डै १३ घण्टापछि खुल्यो



Spread the love

शँकर के सी
साउन  ७,सल्यान

राप्ती लोकमार्ग अन्तर्गत अबरुद्ध भएको दाङ सल्यान सडकखण्ड झण्डै १३ घण्टापछि खुलेको छ ।अविरल वर्षापछिको पहिरोले विहिबार राती करिव १२ बजेबाट अवरुद्ध भएको सडक शुक्रबार दिउँसो साढे १२ बजेतीर सुचारु भएको प्रहरीले जनाएको छ ।
तुलसिपुर नगरपालिका वडा नम्बर १ साततले नजिकमा झरेको पहिरो डोजरको सहायताले पन्छाएपछि केहि मात्रामा यातायात सेवा सुचारु भएको कपुरकोट प्रहरीले जनाएको छ ।यस सडकखण्डको आधा दर्जन बढि स्थानमा पहिरो झरेको थियो ।
पहिरो हटाउनका लागी सडक विभागको डोजर परिचालन तयारि अवस्थामै छ । र यहि डोजरको सहायतामा तथा प्रहरीको सक्रियतामा विभिन्न स्थानको पहिरो हटाउने काम भइरहेको प्रहरी चौकी कपुरकोटका इन्चार्ज झग्गु कुवरले जनाए ।
अझै पनि पहिरो झर्ने क्रम नरोकिएकाले यातायात सेवा पूर्ण रुपमा सञ्चालनमा छैन । दाङ सल्यान सडकखण्ड वर्षायाममा प्रत्येक वर्ष अवरुद्ध हुने गरेको छ । यसले यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने विचबाटोमै अलपत्र हुनुपर्दा सास्ती पनि खेप्नुपरेको छ ।
13726796_1123219111034715_6905044051164965636_n-430x316

प्रतिक्रिया दिनुहोस्