Logo

नेसनल सम्बन्धनमा प्रमुख दलकै निर्देशन: खुल्यो यस्तो रहस्य



Spread the love

काठमाडाैं । प्रमुख दलका शिर्ष नेताहरुको निर्देशनमै पूर्वाधारविहीन, विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेज लाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सम्बन्धन दिएको खुलेको छ ।
आजको कान्तिपुरमा खबर छ- विवादास्पद निर्णयमा हस्ताक्षरकर्तामध्ये त्रिवि कार्यकारी परिषदका एक सदस्यले प्रमुख लदका नेताले सम्बन्धन दिन आफूहरुलाई निर्देशन दिएको खुलासा गरेका हुन् ।

त्रिवि कार्यकारी परिषदका एक सदस्यले भने,
– हामीलाई प्रमुख दलका मुख्य नेताहरुले सम्बन्धन दिनुपर्छ भन्नुभएको हो ।
– त्यसमा एमालेका नेताहरु पनि छन्, कांग्रेस, माओवादीका पनि छन् ।
– हामीले निर्णय लेख्नुअघि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराएका थियौं ।
– उहाँहरुलेनै (निर्णय भए पनि) अहिले बाहिर नल्याउनुस् भन्नुभयो ।
– तर, तीन सातापछि उहाँहरुले नै निर्णय ‘लिक’ गरिदिनुभयो ।

प्रतिक्रिया दिनुहोस्