Logo

सल्यानको जिबिस ए बर्गमा पर्न सफल



Spread the love

न्युनतम शर्त मापन तथा कार्य सम्पादनमा जिल्ला बिकास समिती सल्यान ७४ अंकसहीत टप १० मा परेको छ ।
देशभरको ए बर्ग अर्थात चौथो स्थानमा सल्यानको जिबिस रहन सफल भएको छ । देशैभरिको सुची अनुसार भने सल्यानलाई आठौ नम्बरमा राखिएको छ । स्थानिय निकाय बित्तिय आयोगको सचिबालयले लिएको जिल्ला बिकास समितीहरुको न्युनतम शर्त मापन तथा कार्य सम्पादनको नतिजा केही दिन अगाडी सार्बजानिक गरेको थियो ।
सल्यान जिबिस ए बर्ग सहित आठौ नम्बरमा परे सँगै सल्यान जिबिसले अनुदान रकममा थप १५ प्रतिशत बजेट पाउने छ । गत बर्षको नतिजामा सल्यानको जिबिस ७३ औ स्थानमा पर्दै फेल भएको थियो ।
998537_547586285278870_1755804423_n-577x433

प्रतिक्रिया दिनुहोस्