Logo

हराइरहेका आर्जेन्टिनीबारे हजारौंको प्रदर्शन ।



Spread the love

स्यान्टियागो म्याल्डोन्याडो, २८, एक महिना अघि प्याटागोनियामा भएको आदिवासी अधिकार सम्बन्धी प्रदर्शनका बेलादेखि हराइरहेका छन्।

मानव अधिकार अभियानकर्ताहरु, युनियन नेताहरु र बामपन्थी समुहहरुले मौरिसियो म्याक्रीको सरकारलाई ती अभियानकर्ताको खोजीमा थप प्रयत्न गर्न आग्रह गरेका छन्।

प्रत्यदर्शीहरुले म्याल्डोन्याडो अगष्ट १ तारिख दक्षिणी आर्जेन्टिनामा मापुचे आदिवासी समुहको अधिकारका लागि आयोजित विरोध प्रदर्शनमा गिरफ्तार भएको देखेको बताएका छन्।

म्याल्डोनाडोका भाइ सेर्गियोले राजधानी ब्युनोस आयरिजमा आयोजित विरोध प्रदर्शनमा सम्बोधन गरेका थिए।

उनले भने, “स्यान्टियागो हराएको एक महिनासम्म पनि सरकारले अस्वीकार गरिरहेको छ। उसले स्यान्टियागोका साथीभाइ र परिवारलाई मात्र प्रश्न गरेको छ।”

राइरहेका अभियानकर्ताको तस्बिर, उनी कहाँ छन् भन्ने प्रश्न सहित आर्जेन्टिनाका टिसर्टहरु र पोष्टरहरुमा छापिएका छन्।

आर्जेन्टिनी सुरक्षा फौजको धमिलो इतिहासले उनको अपहरण गरिएको या उनी मारिएका हुनसक्ने कतिपयले ठानेका छन्।

स्रोत वि.वि.सि नेपाली सेवा ।

प्रतिक्रिया दिनुहोस्