Logo

प्रहरी आयुक्तको हत्या



Spread the love

बुर्किनाफासो, १६ कात्तिक – बुर्किनाफासोमा प्रहरी आयुक्तको हत्या भएको छ । बुर्किनाफासोको उत्तरपश्चिमी क्षेत्रमा अवस्थित प्रहरी कार्यालयमा नै पुगेर हतियारधारीहरुले प्रहरी आयुक्तको हत्या गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

बुर्किनाफासोमा प्रहरीको यो हत्यासँगै यस देशमा पछिल्लो समयमा भएको हिंसाको अवस्था उजागर भएको पनि प्राप्त समाचारमा जनाइएको छ ।

उक्त देश आन्तरिक द्धन्द्धमा फसेको छ । केही समययता यहाँ जिहादीहरुले हिंसा मच्चाइरहेका छन् । उनीहरुले पछिल्लो समयमा सुरक्षाकर्मीहरुका साथै सर्वसाधारण नागरिकको पनि हत्या गर्ने गरेका छन् ।

उत्तरपश्चिमी बुर्किनाफासोको सबाना जिल्लामा रहेको प्रहरी कार्यालयमा करिब १५ जनाको संख्यामा आएका हतियारधारीले ती प्रहरी आयुक्तको हत्या गरेका समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्