Logo

मान्छेको लास काटेर गिद्दलाई खुवाइन्छ यहाँ ।



Spread the love

मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ । यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका प्रमुख इन्द्रधारा विष्ट बताउँछन् ।

तल्लो मुस्ताङको कागबेनी गाउँ ।

‘सरुवा रोगको महामारी वा घाउ खटिराले मरेकालाई कि गाड्ने कि काटेर कालीगण्डकीमा बगाउने चलन छ’, उनी भन्छन्, ‘गाड्दा लासको रोग अरूमा फैलन पाउँदैन । रोगी मान्छेलाई काट्दा अरूलाई पनि सर्छ । गिद्धलाई पनि सर्छ ।’

पानीमा बगाउने विकल्प पनि रोजाइमा नपर्ने उनी बताउँछन् । ‘पानीले रोगका कीटाणु नाश गर्छ भनेर सरुवा रोगले मरेकालाई चोक्टा चोक्टा बनाएर पानीमा बगाउने विकल्प पनि दिन्छन्’, उनी भन्छन् ।

मान्छे मरेपछि खोला किनारमा लगेर मसिनो टुक्रा पारेर काट्छन् । लामाले मन्त्र पढेर गिद्धलाई बोलाउँछन् र खुवाउँछन् । लास काट्नुअघि दुईदिनसम्म नदीको बगरमा गाडेर राख्ने चलन छ । यसो गर्दा दाहसंस्कार गर्नेलाई मर्ने मान्छेको रोगव्याधी सर्दैन भन्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्