Logo

ए मेरो हजुर २ को आक्रामक व्यापार



Spread the love

लामो समय नेपाली सिनेमामा बिताएकी झरनाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’ले प्रदर्शनको दोस्रो दिनमा नै देशभरका सिनेमा घरबाट १ करोड ६० लाख ३० हजार ग्रस कलेक्सन गरेसँगै झरनाको निर्देशकिय क्षमताको पनि चर्चा सुरु भएको छ ।  नायिकाका रुपमा नेपाली रंगीन दुनियाँ सफल नायिका झरना थापा चलचित्र निर्देशनमा पनि सफल दरिएकी छिन् ।


यो चलचित्रले शनिबार राजधानीका हलबाट मात्रै  ८७ लाख, ७५ हजार कलेक्सन गरेको चलचित्र निर्माण युनिटले जनाएको छ । शनिबार राजधानी बाहिरका हलबाट  ७२ लाख, ५५ हजार कलेक्सन गरेको यो फिल्मले शुक्रबार  ७८ लाख ७१ हजार कलेक्सन गरेको थियो ।

आज ईदको विदामा परेकाले ‘ए मेरो हजुर २’ले आक्रामक व्यापारलाई निरन्तरता दिने निर्माता सुनिल कुमार थापाको दाबी छ । सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुावर, बुद्धि तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्