Logo

राजेश हमालको अनौठो घोषणा । 



Spread the love

राजेश हमालले नेपाली मौलिकता झल्कने चलचित्र निर्देशन गर्ने भएका छन् । चलचित्रमा कमै अभिनय गर्दै आएका हमालले यसै साता विराटनगरमा अब आफू पनि चलचित्र निर्देशनमा आउने घोषणा गरेका हुन् ।

आफूले निर्देशन गरेको चलचित्र दर्शकले चाँडै हेर्न पाउने हमालको दावी छ । हमालका अनुसार अबको डेढ वर्षभित्रै दर्शकले उनले निर्देशन गरेको चलचित्र हेर्न पाउनेछन् । अहिले चलचित्रको कथाको अध्ययनमा रहेका हमालका अनुसार आधुनिकता झल्कने भन्दा पनि नेपाली मौलिकता झल्कने चलचित्र निर्माण गर्ने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्