Logo

राशिफल – Horoscope – वि.सं. २०७४ साल भदौ १९ गते। सोमबार।



Spread the love
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesआफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता पछि परिनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ। अनावश्यक खर्च बढ्नेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । व्यवसायमा प्रगति हुनेछ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurus अनावश्यक खर्च बढ्नेछ । शारीरिक परिश्रम बढ्नेछ । रचनात्मक कार्यबाट मनोबल बढ्ने देखिन्छ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूको साथ जुट्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiव्यापार व्यवसायमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको व्यापारमा लाभ मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। विवादले समस्या निम्त्याउन सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerबिनाकारण विवाद बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । मित्रको सहयोगले कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा सुधार आउनेछ । केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoवैदेशिक व्यापारबाट लाभ मिल्नेछ । कूटनीतिक कार्य विफल हुनेछन् । पारिवारिक सद्भाव बढ्नेछ । व्यक्तित्व विकास हुनेछ  श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। यसका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgo काम गर्ने उत्साह र स्फूर्ति बढ्नेछ । सामाजिक कार्य हुनेछ । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ । अवरुद्ध रहेका कार्य नियमित हुनेछन । फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libra धन आर्जनमा कमी आउनेछ । अनावश्यक खर्चमा नियन्त्रण हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने आस मारेको नतिजा सकारात्मक हुने देखिन्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioधार्मिक कार्यमा मन जानेछ । व्यापार व्यवसायमा अवरोध उत्पन्न हुनेछ । मन अशान्त रहनेछ । स्वास्थ्यमा समस्या आउनेछ । पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अरूको भरपर्दा काम रोकिन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusसामाजिक कामको दायित्व बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आध्यात्मिक कार्य बढ्नेछ । वैदेशिक यात्रा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornअध्ययन अध्यापनमा सुधार हुनेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक कार्य बन्नेछन् । राजनीतिक विवादमा विजय प्राप्त हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअध्ययनमा रुचि बढ्नेछ । धार्मिक कार्यमा मन जानेछ । जागिरमा पदोन्नति हुनेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । सोचे भन्दा खर्च धेरै हुनेछ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि शुभचिन्तक फेला पर्नेछन्। तर बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । रमाइलो यात्राको अवसर मिल्नेछ । दाजुभाइबीच मनमुटाव बढ्नेछ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। दिन उत्साहवर्द्धक रहनेछ।

प्रतिक्रिया दिनुहोस्