Logo

उपनिर्वाचन २०७६ : नमूना मतदानमा तीन मत बदर



Spread the love

९ मंसिर, बाँके – यही मङ्सिर १४ गते हुने स्थानीय उपनिर्वाचनका क्रममा बाँकेको कोहलपुर नगरपालिका–६ मा आज नमूना मतदान गरिएको छ । नमूना मतदानमा खसेको कुल ७० मतमध्ये तीन मत बदर भएको छ ।

नमूना मतदानमा ३२ जना महिला ३८ जना पुरुषले मतदान गरेका थिए । स्थानीय तहको उपनिर्वाचनका क्रममा मत बदर सङ्ख्या कम गर्ने उद्देश्यले गरिएको नमूना मतदानमा तीन मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकृत खुमप्रसाद सुवेदीले जानकारी दिए । नमूना मतदानका क्रममा निर्वाचनको महत्व, यसको प्रक्रिया र आचारसंहिता बारे पनि सहभागीलाई जानकारी गराइएको थियो ।

नेपाल युवा संस्था सञ्जाल (आयोन) तथा जिल्ला युवा क्लब सञ्जाल बाँकेको आयोजना र जिल्ला निर्वाचन कार्यालय बाँकेको समन्वयमा निर्वाचनका लागि नागरिक सचेतना कार्यक्रमअन्तर्गत उपनिर्वाचनलाई लक्षित गरी मतदाता शिक्षाबारे अभिमुखीकरण तथा नमूना मतदान गरिएको जिल्ला युवा क्लब सञ्जाल बाँकेका सचिव राजन बर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्