Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७११,२२०
संक्रमित
१८,९७५,२५४
निको भएका
१२,१६३,७५४
नेपालमा कोरोना भाइरस
मृत्यु
७३
संक्रमित
२२,५९२
निको भएका
१६,३१३

ओली र मोदीको सहकार्यबाट जनता लाभान्वित भएको भन्दै मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना



१५ मंसिर, काठमाडाैँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

मोदीले पत्र मार्फत सो कामना गरेको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।

उनले प्रम ओलीको शल्यक्रिया पछि छिटो पूर्ण रुपमा स्वास्थ्य लाभको कामना गरेका छन् । उनले पत्रमा भारतीय जनता र आफ्नो तर्फबाट थप उपचार सेवा र सल्लाहका लागि सहयोग गर्ने तत्परता व्यक्त गरेका छन् । सन्देशमा मोदीले प्रधानमन्त्रीको नेतृत्व र उनको महत्वपूर्ण साझेदारीबाट दुबै देशका जनता अत्याधिक लाभान्वित भएको स्मरण गरेका छन् ।

साथै उनले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन प्रधानमन्त्री ओलीसँग भविष्यमा पनि निरन्तर काम गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्