Logo

१३ औं सागमा नेपालको स्वर्ण संख्या ६ पुग्यो



Spread the love

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ट्राइयाथलनमा नेपालले स्वर्ण पदक हात पारेको छ । पोखरामा भएको ट्रायाथोलनमा सोनी गुरुङले स्वर्ण हात पारेका हुन् ।

काठमाडौंमा जारी करातेमा नेपालले २ स्वर्ण र एक कास्य पदक जितिसकेको छ भने तेक्वान्दोमा ३ स्वर्ण र १ रजत पदक जितेको छ ।करातेमा मण्डेकाजी श्रेष्ठ र महिला टिम काताले स्वर्ण जितेका हुन् ।

त्यस्तै चन्चला दनुवारले रजत पदक जितेकी हुन् । तेक्वान्दो पुम्सेमा कमलबहादुर श्रेष्ठले स्वर्ण पदक जितेको हुन् । त्यस्तै १९ देखि २४ वर्ष उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्