Logo

धाविका सन्तोषीलाई १० हजार मिटर दौडमा स्वर्ण



Spread the love

१७ मंसिर, काठमाडौं । सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा स्वर्ण पदक हात पारेकी छन् । सन्तोषीले ३५ मिनेट ७.९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् ।

सन्तोषीले भारतकी कविता यादवलाई पछि पार्दै पहिलो स्थान हात पारिन् । पहिलो ल्यापदेखि नै सन्तोषीले अग्रता बनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्