Logo

साग पुरुष फुटबल: भुटानमाथि नेपालको सानदार जित



Spread the love

१७ मंसिर, काठमाडौं । नेपालले १३औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा भुटानमाथि सानदार जित निकालेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले ४-० को फराकिलो जित निकालेको हो ।

नेपालका लागि कप्तान सुजल श्रेष्ठले २ तथा मिक्छेन तामाङ र अभिषेक रिजालले १-१ गोल गरे । खेलको शुरूवाती ५औं मिनेटमा नै नेपालले अग्रता लिएको थियो । ५औं मिनेटमा पहिलो गोल गरेका सुजलले ५०औं मिनेटमा अग्रता दोब्बर पारे । ६५औं मिनेटमा अभिषेक रिजालले ३-० मा पुर्‍याएको अग्रतालाई फ्रिकिकमा गोल गर्दै डिफेन्डर मिक्चेन तामाङले ७७औं मिनेटमा ४–० को स्थितिमा पुर्‍याएका हुन् । त्यसपश्चात थप गोल हुन नसक्दा नेपाल विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्