Logo

१३औं सागमा नेपालकाे स्वर्ण २२ पुग्याे



Spread the love

१७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन नेपालले थप ७ स्वर्ण जितेको छ । यो सँगै नेपालको २२ स्वर्ण पुगेको छ ।

तेस्रो दिन १० किलोमिटर दौडमा पहिलो पटक नेपालका लागि सन्तोषी श्रेष्ठले स्वर्ण जितिन् । तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् ।उसुमा नेपालले दुई स्वर्ण जितेको छ । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन् । नेपालले दुवाथोलनमा पनि स्वर्ण जितेको छ । हिमाल टमाटाले स्वर्ण पदक जितेका हुन् ।

कराँतेतर्फ ६७ केजी तौल समूहमा नवीन रसाइलीले स्वर्ण पदक जिते ।

प्रतिक्रिया दिनुहोस्