Logo

सागमा साइकल दौड : सर्भिस लेन प्रयोग गर्न प्रहरीको अनुरोध



Spread the love

१८ मंसिर, काठमाडाैँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रबार र शनिबार साइकल दौड प्रतियोगिता रहेकाले सो दिन कलङ्कीदेखि सूर्यविनायकसम्मको सडक क्षेत्रमा सर्भिस लेन प्रयोग गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

महाशाखाले आज एक सूचना जारी गरी आगामी शुक्रबार कलङ्कीबाट कोटेश्वरसम्म र २१ गते शनिबार कलङ्कीबाट सूर्यविनायकसम्मको सडकखण्डमा सर्भिस लेन प्रयोग गरिदिन सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमी, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गरी सहयोग गर्न आग्रह गरे । उनले सो क्षेत्रमा अत्यावश्यकबाहेक अन्य सवारी नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्