Logo

सावित्रा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल



Spread the love

१९ मंसिर, काठमाडौं । महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘सम्बा’ नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्न सफल भएकी छन् । पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा माल्दिभ्सविरुद्ध गोल गर्दै साम्बाले सर्वाधिक गोलकर्ता बनेकी हुन् ।

उनले माल्दिभ्सविरुद्ध १८ औं मिनेटमा गोल गर्दै अनु लामालाई पछि पारेकी हुन् । सावित्राको त्यो ३६ औं अन्तर्राष्ट्रिय गोल थियो । सोही खेलमा उनले ३७ औं अन्तर्राष्ट्रिय गोल पनि पुरा गरिसकेकी छन् । सावित्राले २२ औं मिनेटमा गोल गरेपछि नेपालले खेलमा २–० को अग्रता लिएको छ ।

नेपाली पुरुष खेलाडीलाई साम्बाले निकै पछाडी छाडेकी छन् । पुरुषतर्फबाट महिला राष्ट्रिय टोलीका वर्तमान मुख्य प्रशिक्षक हरि खड्का र नीराजन रायमाझी सर्वाधिक गोल गर्ने खेलाडी हन् । उनीहरुको समान १३ गोल छ ।

प्रतिक्रिया दिनुहोस्