Logo

१३औं साग: बुद्धिबहादुरले दिलाए नेपाललाई ३२ औं स्वर्ण



Spread the love

१९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बुद्धिबहादुर तामाङले साइक्लिङमा स्वर्ण पदक जितेका छन् । यससँगै जारी सागमा नेपालको स्वर्ण ३२ पुगेको छ ।

बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले १ घन्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरे । बुद्धिबहादुरको स्वर्णसँगै नेपालले सागको एउटै संस्करणमा जितेको सर्वाधिक स्वर्ण जितेको छ । यसअघि १९९९ मा काठमाडौंमा आयोजित आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । १३ औं सागमा नेपालका लागि स्वर्ण पदक विजेताहरु :
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०. कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ
२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की
३०. उसु (थाउलो-नान्दौ) – निमा घर्तीमगर
३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ
३२ .साइक्लिङ – बुद्धिबहादुर तामाङ

प्रतिक्रिया दिनुहोस्