Logo

साग महिला फुटबल: सावित्राको कीर्तिमानसँगै नेपालले स्वर्णका लागि भारतसँग प्रतिस्पर्धा गर्ने



Spread the love

१९ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला फुटबल टोलि फाइनलमा पुगेको छ । लगातार दोस्रो निकाल्ने क्रममा बिहीबार माल्दिभ्सलाई ३–० ले पराजित गर्दै नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको उपाधि नजिक पुगेको हो ।

नेपालका लागि सावित्राले ह्याट्रिक गरेकी थिइन् । उनले माल्दिभ्सविरुद्ध १८ औं मिनेटमा गोल गर्दै अनु लामालाई पछि पारेकी हुन् । सावित्राको त्यो ३६ औं अन्तर्राष्ट्रिय गोल थियो । सोही खेलमा उनले ३७ औं अन्तर्राष्ट्रिय गोल पनि पुरा गरिसकेकी छन् । खेलको इन्जुरी टाइममा नसावित्रालाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो, जसमा उनैले गोल गर्दै हृयाट्रिक पूरा गरिन् ।

नेपाली पुरुष खेलाडीलाई साम्बाले निकै पछाडी छाडेकी छन् । पुरुषतर्फबाट महिला राष्ट्रिय टोलीका वर्तमान मुख्य प्रशिक्षक हरि खड्का र नीराजन रायमाझी सर्वाधिक गोल गर्ने खेलाडी हन् । उनीहरुको समान १३ गोल छ ।

भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रो पटकनै नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ । यसपटक पनि दुवै टोलीले राउन्ड रोविन लिगको एक खेल बाँकी रहँदै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । फाइनल अघि राउन्ड रोविनमा भारत र नेपालबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्